४ पुस, काठमाण्डौं - प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं-तराई-मधेश द्रुतमार्ग निर्माण समय सीमाभित्रै सक्न नेपाली सेनालाई निर्देशन दिएको छ । सिंहदरबारमा बधुबार बसेको समिति बैठकले समयसीमाभित्रै काठमाडौं-तराई द्रुतमार्ग निर्माणको सबै काम (शून्य बिन्दुदेखि निजगढसम्म) सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिने निर्णय गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए । उनका अनुसार फास्ट ट्र्याकका विषयमा प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा रक्षामन्त्री, वन तथा वातावरणमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री, मुख्यसचिव र सम्बन्धित मन्त्रालयका सचिवहरुसहितको बैठक छिट्टै डाँकेर छलफल गरिने निर्णय भएको छ । द्रुतमार्ग निमार्णका सन्दर्भमा सेनाबाट अनुरोध भएबमोजिम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट उपलब्ध गराउन पर्ने आवश्यक प्राविधिक…
४ पुस, काठमाण्डौं - न्यायपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनालाई नियुक्त गरेका छन् । नियूक्त हुनेहरुमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाल रहेका छन् । यसअघि बुधबार नै संसदीय सुनुवाइ समितिले उनीहरुको नाम अनुमोदन गरेको थियो ।
३ पुस, पोखरा - कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहुदलीय लोकतन्त्र कांग्रेसको सिद्धान्त भएकोले त्यसलाई अझै सफल बनाउन संविधानमा समावेशी र समानुपातिकको व्यवस्था राखिएको बताएका छन् । पोखरामा मंगलबार कांग्रेसको पहिलो गण्डकी प्रदेश सम्मेलनमा केन्द्रीय नेताले नै समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्ने बताएपछि देउवाले त्यसको खण्डन गरेका हुन् । ‘हाम्रो पार्टीको लागि सिद्धान्त र आदर्श महत्त्वपूर्ण कुरा हुन् । हाम्रो आदर्श र सिद्धान्त मानेर सबै पार्टी आएका छन् । त्यस मानेमा हाम्रो पार्टीको जित भएको मान्नुपर्छ,’ उनले भने, ‘मल्टीपार्टी डेमोक्रेसी हाम्रो पार्टीको सिद्धान्त र आदर्श हो । त्यसलाई अझै पूर्ण रुपमा सफल बनाउन समावेशी, समानुपातिक पनि राखिएको छ । यो सबैको देश हो । महिला, दलित, जनजाति,…
३ पुस, काठमाण्डौं - राप्रपाले राजसंस्था र हिन्दू राष्ट्र पुनस्थापनाको पक्षमा जनदवाव सिर्जना गर्न आन्दोलन गर्ने भएको छ । मंगलवार सम्पन्न तीन दिनसम्म काठमाडौंमा चलेको केन्द्रीय कार्यमितिको बैठकले आन्दोलनमा उत्रिने निर्णय गरेको हो । राप्रपाले विभिन्न जनजिविकाका मुद्दाका साथै राजसंस्था, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि आन्दोलन गर्ने बताएको छ । आन्दोलनको तयारीका लागि पुष र माघमा देशैभर व्यापक सभा तथा तयारीका कामहरु हुनेछन् । फागुन महिनामा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय राप्रपाले गरेको छ । आन्दोलनका लागि पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा…
३ पुस, काठमाण्डौं - सर्वोच्च अदालतले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको निर्देशकबाट डा. सन्तोष पौडेललाई काम गर्न दिन अन्तरिम आदेश जारी गरेको छ । आदेशसँगै निर्देशकबाट डा. पौडेललाई हटाएर डा. श्रवणकुमार थापालाई नियुक्त गर्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको निर्णय कार्यान्वयनमा रोक लागेको छ । स्वास्थ्यमन्त्री बस्नेतले मंसिर १४ गते मन्त्रीस्तरीय निर्णय गर्दै डा. पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिएका थिए । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले निर्देशक पदमा दुई वर्षको समयावधि तोकेर नियुक्ति दिइएको व्यक्तिलाई सो समयभन्दा अगावै हटाउने निश्चित कानुनी प्रावधान पालना नगरेको बताउँदै स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयन नगराउन अन्तरिम…
३ पुस, काठमाण्डौं - सर्वोच्च अदालतले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलसँग शेयर खरिदबिक्रीबारे लिखित जवाफ माग गरेको छ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिटमा सर्वोच्च्ले कारण देखाऊ आदेश जारी गर्दै १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनेको हो । न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले एनसेलको शेयर खरिदबिक्री रोक्ने विषयमा अन्तरिम आदेश दिने/नदिने निर्णयका लागि छलफल गर्न यही पुस १६ गतेको पेसी तोकेको छ । सांसद सिंहले एनसेलको सेयर खरिदबिक्रीमा चलखेल भएको दाबी गर्दै त्यसलाई रोकेर राज्यलाई आउने राजस्व असुल गर्नुपर्ने, कारोबारीलाई कानुनी दायरामा ल्याउनुपर्ने र अहिले भएको कारोबारमा रोक लगाउन माग गरेका छन् ।
३ पुस, काठमाण्डौं - नेकपा (एकीकृत समाजवादी) ले जिल्ला अधिवेशनहरु स्थगित गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले मिति तोकिसकेका जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको सचिव जीवनराम श्रेष्ठले जानकारी गराए । उनले भने, 'कतिपय जिल्लाहरुले अधिवेशन गर्ने तयारी गरिरहेको र कतिले अधिवेशन तोकिसकेको अवस्था छ । महाधिवेशनलाई केन्द्रित गरेर विधान संशोधनको प्रक्रियामा रहेकोले माघ १४ र १५ गते बस्ने एकीकृत समाजवादीको केन्द्रीय परिषद्को बैठकपछि मात्रै तिथि तोक्ने गरी तोकिएका सबै अधिवेशनहरु स्थगित गर्ने निर्णय भएको छ,' । उनले बैठकमा महाधिवेशनमा कसरी नेतृत्व चयन गर्ने, केन्द्रीय कमिटीको संख्या कस्तो बनाउने ? महाधिवेशन निर्वाचनको विधि कसरी गर्ने ? भन्ने बारेमा पनि…
३ पुस, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल खरिद-ब्रिक्री प्रकरणमा छोरी गंगा दाहाललाई जोडेर भइरहेका हल्लाको खण्डन गर्दै यो लोकतन्त्र र गणतन्त्रमाथिकै हमला भएको भनेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मंगलबार सांसदहरूले परिवारका सदस्यहरूको संलग्नताबारे प्रश्न उठाएपछि प्रधानमन्त्री दाहालले जवाफ त्यसो भनेका हुन् । 'मेरो परिवारका सदस्य घट्दै गएर अहिले तीन जना रहेका छौं । एउटी छोरी भरतपुर महानगरको मेयर छ । उतै व्यस्त छ । अर्की एउटी छोरी छ । बिचरा ऊ कस्ती छ, त्यो सबैले थाहा पाउनु भएकै छ,' प्रधानमन्त्री दाहालले भने, 'बनाएको छ, उचालेको छ । यो वास्तवमा संविधान सिस्टम र लोकतन्त्र गणतन्त्रमाथि हमला हो । यसमा म क्लियर छु ।…
३ पुस, काठमाण्डौं - प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल छानबिन समितिको प्रतिवेदन नआउन्जेल उस्को शेयर कारोबारमा कुनै स्वीकृति र सहमति नदिन सरकारलाई निर्देशन दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, सञ्चामन्त्री रेखा शर्मासहितलाई बोलाएर मंगलबार छलफल गरेपछि समितिले यस्तो निर्देशन दिएको हो । 'एनसेल छानबिन समितिको प्रतिवेदन नआउन्जेलसम्म यसको शेयर कारोबारमा कुनै पनि स्वीकृति तथा सहमति नदिन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने' समितिको निर्देशनमा छन् । समितिले सेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन समिति- २०८० को प्रतिवेदनलाई समेत आधार लिई प्रचलित कानुनबमोजिम राज्यलाई तिर्नुपर्ने…
२ पुस, काठमाण्डौं - नेकपा (माओवादी केन्द्र) ले पार्टीको पदाधिकारी बैठक आह्वान गरेको छ । पार्टीका कोषाध्यक्ष तथा मुख्यसचिव श्रीराम ढकालका अनुसार बैठक भोलि (मंगलबार) दिउँसो ३ बजे बालुवाटारमा बस्नेछ । उनका अनुसार बैठकमा माघ ११ हुने राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल हुनेछ । “बैठकमा पार्टीको रुपान्तरण अभियान, राष्ट्रियसभा निर्वाचन लगायत समसामयिक विषयमा छलफल हुनेछ,” ढकालले भने । माओवादीले भदौदेखि पार्टी रूपान्तरण अभियान सञ्चालन गरिरहेको छ । पार्टी रूपान्तरण अभियानको समीक्षाका लागि केन्द्रीय समिति बैठक आह्वानको तयारी भइरहेको छ । केन्द्रीय समिति बैठकले पार्टीको विधान सम्मेलनको मिति तय गर्नेछ ।