– महेन्द्र श्रेष्ठ
नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित भएकी छन्।
महासंघको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार, शर्माले चार हजार २८२ मत प्राप्त गरेकी छन्। महासंघको नेतृत्वमा पुग्ने उनी पहिलो महिला हुन्।
उनका निकटतम प्रतिस्पर्धी रमेश विष्टले तीन हजार २०३ मत प्राप्त गरेका छन्। अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले २७० र लालसिंह लामाले ९६ मत प्राप्त गरेका छन्।
वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य निर्वाचित भएका छन्। उनले चार हजार २३० मत प्राप्त गरे भने निकतम प्रतिस्पर्धी रोशन पुरीले दुई हजार ८८६ मत प्राप्त गरे।
उपाध्यक्ष महिलामा नितु पण्डित निर्वाचित भएकी छन्। उनले चार हजार ७०५ मत पाइन् भने गङ्गा पौडेल बरालले दुई हजार ६४४ मत पाइन् ।
वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य निर्वाचित भएका छन्। उनले चार हजार २३० मत प्राप्त गरे भने निकतम प्रतिस्पर्धी रोशन पुरीले दुई हजार ८८६ मत प्राप्त गरे।
उपाध्यक्ष महिलामा नितु पण्डित निर्वाचित भएकी छन्। उनले चार हजार ७०५ मत पाइन् भने गङ्गा पौडेल बरालले दुई हजार ६४४ मत पाइन्।
त्यस्तै, उपाध्यक्ष समावेशीमा उमिदप्रसाद बागचन्द निर्वाचित भएका छन्। उनले चार हजार २९२ मत पाए भने निकतम प्रतिप्रतिस्पर्धी सुभाषप्रसाद साहले दुई हजार ८० मत पाए ।
महासचिवमा रामप्रसाद दाहाल निर्वाचित भएका छन्। उनले चार हजार ८४ मत पाए भने प्रतिस्पर्धी लेखनाथ न्यौपानेले एक हजार ९२९ मत पाए। सचिव खुलामा रमेश खतिवडा, सचिव महिलामा सोनी शर्मा, सचिव आदिवासी जनजातिमा सविन प्रियासन, सचिव मधेशीमा अशोककुमार तिवारी, सचिव दलिततर्फ प्रकाश धौलाकोटी र सचिव एशोसिएटतर्फ बैकुण्ठराज पराजुली निर्वाचित भएका छन्।
कोषाध्यक्षतर्फ रामकृष्ण अधिकारी निर्वाचित भएका छन्। केन्द्रीय सदस्यमा कोशी प्रदेशबाट कमल रिमाल र शङ्कर खरेल, मधेशबाट राजु विश्वकर्मा र राजेशकुमार कर्ण, बागमती (उपत्यका बाहेकका)बाट नवराज पथिक र नारायणप्रसाद अधिकारी निर्वाचित भएका छन्।
त्यस्तै, गण्डकीबाट कृष्ण केसी र केवी राना, लुम्बिनीबाट रामराज पोखरेल र विकास बन्जाडे, कर्णालीबाट तुलाराम पाण्डे र नगेन्द्रप्रसाद उपाध्याय, सुदूरपश्चिमबाट योगेन्द्रबहादुर बलायर र सुरेश पन्त, काठमाडौं उपत्यकाबाट अर्जुन पन्त र सूर्य सुवेदी केन्द्रीय सदस्य निर्वाचित भएका छन्।
प्रतिष्ठानबाट वीरेन्द्र ओली र सविता शर्मा, संस्थागत प्रदेश (एशोसिएट)बाट पवित्रा मुडभरी र मनुका कुँवर, खुलाबाट छविलाल तिवारी, भूपेन्द्र आचार्य, मुकुन्दप्रसाद भण्डारी, रामेश्वर कार्की र लवदेव ढुङ्गाना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।
यसैगरी, मधेशी महिलातर्फ रुवीकुमारी रौनियार, आदिवासी जनजाति महिलातर्फ माला पालुङ्वा र खस आर्य महिलातर्फ लिला शाह योगी केन्द्रीय निर्वाचित भएका छन्। दलित महिलातर्फ रीता बुढाथोकी यसअघि नै निर्विरोध निर्वाचित भएकी थिइन्।
केन्द्रीय सदस्यमा दलिततर्फ सिकेन्द्र पासवान र आदिवासी जनजातितर्फ भरत जर्घा मगर निर्वाचित भएका छन्। दलित महिलातर्फ सावित्री रसाइली र आदिवासी जनजाति महिलातर्फ देविका घर्ती मगर यसअघि नै निर्विरोध निर्वाचित भएका थिए।
मधेशीतर्फ राजकरण महतो, मधेशी महिलातर्फ ललिताकुमारी साह, अपाङ्गता भएका व्यक्तिबाट भूपराज बस्याल र अल्पसङ्ख्यकबाट लक्ष्मण थामी केन्द्रीय सदस्य निर्वाचित भएका छन्।
लेखा समिति संयोजकमा केसी लामिछाने निर्वाचित भएका छन् भने सदस्यमा खुलातर्फ केशवप्रसाद बोहरा र महिलातर्फ रुक्मिणि पोखरेल निर्वाचित भएकी छन्।
श्रोत
नेपाल पत्रकार महासंघ




