शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

वडाध्यक्ष बासु श्रेष्ठले उदाहरणीय काम गरे।

Advertisement

२२ मंसिर २०८१, दोलखा । भीमेश्वर नगरपालिका वडा नं ५ का वडाध्यक्ष बासु श्रेष्ठले आफूले प्राप्त गर्ने मासिक तलब भत्ताबाट बालबालिकाको स्वास्थ्य उपचार शुरु गर्नुभएको छ । विहिबार वडा भित्रका सामुदायिक र संस्थागत विद्यालय पढ्ने उमेर समूहका बालबालिकाकाको आँखा,दाँत परीक्षण ,फिजियो थेरापी र रक्त समूह परीक्षण कार्यक्रमको सुरूवात गर्नु भएको हो ।


भीमेश्वर नगरपालिका वडा ५ का वडा अध्यक्ष बासु श्रेष्ठको अध्यक्षतामा भएकोे शिविर उद्घाटन कार्यक्रममा वागमती प्रदेश सभा सदस्य भरत बहादुर केसी, भीमेश्वर नगरपालिका उपमेयर कमला वस्नेत,नेपाल रेडक्रश सोसाइटी पीपलबोट उपशाखा सभापति राजन श्रेष्ठ, समाजसेवी कृष्ण बहादुर कार्की, वडा सदस्य बालकृष्ण कुँवर, बुढाभीमसेन माध्यमिक विद्यालयका शिक्षक राजु नेपाली लगायतले शिविर सफलताको शुभकामनासहित उदाहरणीय कार्यको प्रंससा गर्नुभएको थियो ।


वडामा निर्वाचित भएको पहिलो वर्ष जेष्ठनागरिकको भ्रमण र दोस्रो वर्ष विद्यालयका बालबालिकालाई राष्ट्रका विशिष्ट व्यक्तिसंग भेटघाटको कार्यक्रम सञ्चालन गर्नुभएका वडाध्यक्ष श्रेष्ठले यो वर्ष बालबालिकाको स्वास्थ्य उपचार गर्न लाग्नु भएको बताउनुभएको छ ।

बुढाभीमसेन माध्यमिक विद्यालयमा आयोजना गरिएको शिविर कार्यक्रममा ३ सय ५० जना विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमध्ये आधाभन्दा बढी बालबालिकाको दाँतको समस्या देखिएको र केही बालबालिको आँखाको समेत समस्या देखिएकोले आँखा र दाँतको आवश्यक उपचार र चश्मासहितको व्यवस्थापन खर्च व्यवस्थापन गर्ने वडाध्यक्ष श्रेष्ठको भनाइ छ ।

भीमेश्वर नगरपालिका वडा नम्वर ५ वडा कार्यालयको आयोजमा भएको निःशुल्क शिविरमा धुलिखेल अस्पतालका डाक्टर अञ्जली दास, दोलखा लाइन्स क्लबका समता श्रेष्ठ, धुलिखेल अस्पतालका फिजियोथेरापिष्ट निरूपमा सिंह, ल्याब असिष्टेन्ट नन्दुकी घिसिङ, अनमी कमला सुवेदीले स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।

शिविरमा धुलिखेल अस्पताल दोलखा,दोलखा लायन्स सर्जिकल आइ सेन्टर र नेपाल रेडक्रश सोसाइटी दोलखा शाखाको सहआयोजना रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Testing

Testing

Testing period
भीमसेनको महिमा

भीमसेनको महिमा

भीमसेनको महिमा नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका  छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो...
Test on the way

Test on the way

Here is the testing going on !!
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्र...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search