९ पौष, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रोपटक प्रधानमन्त्री बनेको एक वर्ष पुगेको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो ३ बजे सम्बोधन हुनेछ । गत वर्ष पुस १० मा उनी एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए । एमालेसँगको गठबन्धन दुई महिनामै भत्केपछि उनी कांग्रेसकोसहितका दलको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गरिरहेका छन् । एक वर्षमा सरकारका मन्त्री र सचिवहरूले सोचेअनुरूप काम गर्न नसकेको गुनासो प्रधानमन्त्री प्रचण्डको छ।
९ पौष, सिन्धुली - दुर्घटनामा परी दुई जनाको मृत्युपछि आक्रोशित स्थानीय तथा यात्रुले बसमा आगजनी गरेर अवरोध भएको बीपी राजमार्ग प्रहरीले खुलाएको छ । सोमबार बिहान दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएपछि आक्रोशित स्थानीय तथा यात्रुले बसमा आगजनी गरेर सडक अवरुद्ध पारेका थिए । बीपी राजमार्ग अन्तर्गत सुनकोसी गाउँपालिका-३ बोहोरेटारमा बस र मोटरसाइकल एकआपसमा ठक्किँदा मोटरसाइकल चालक खोटाङ तुवाचुङ नपा-२ का २० वर्षीय सुशन राई र पछाडि सवार खोटाङ दिक्तेल नगरपालिका-१० की १८ वर्षीया मुनाकला राईको मृत्यु भएको थियो ।
८ पौष, काठमाण्डौं - कोभिड-१९ र यसको नयाँ भेरियन्ट 'जेएन.१' तथा इन्फ्लुयन्जाको संक्रमण बढिरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सतर्कता अपनाउन आग्रह गरेको छ । दक्षिण पूर्वी एसियाली देशहरुमा यसको संक्रमणका कारण श्वासप्रश्वाससम्बन्धी रोगहरु बढिरहेको भन्दै डब्लूएचओले त्यस्तो संक्रमणबारे सजग रहन र सुरक्षाका उपायहरु अपनाउन आग्रह गरेको हो । 'कोभिड-१९ भाइरस विश्वव्यापी रुपमा फैलिइरहेको छ । अध्ययन अनुसार यसको नयाँ भेरियन्टको 'जेएन.१'बाट जोखिम कम हुने आंकलन छ । तर संक्रमणबाट बच्नका लागि नियमित निगरानी र सतर्कता अपनाउन आवश्यक छ,' डब्लूएचओका दक्षिण-पूर्वी एसिया क्षेत्रीय निर्देशक डा.पुनम क्षेत्रपाल सिंहले भनेका छन् । उनका अनुसार डब्लुएचओले प्राप्त गरेको तथ्यांकमा 'जेएन.१' फैलिने दर उच्च छ, र विश्वव्यापी बढ्दो…
८ पौष, काठमाण्डौं - नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संघीय शासन प्रणालीलाई सफल बनाउने कोसिसमा लाग्नुपर्ने बताएका छन् । १४ मंसिरदेखि १८ दिनसम्म चलेको बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङसम्मको समृद्धिका लागि संकल्प यात्राबारे जानकारी दिन पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले उक्त कुरा बताएका हुन् । ओलीले भने 'संघीयतालाई सफल ढंगले कार्यान्वयन गरी मजबुद र सफल बनाउन कोसिस गर्नुपर्छ, अहिलेको चरण त्यो हो,' । संघीयताका संरचनाहरूले विकास निर्माणका कामहरूको अगुवाइ गर्नुपर्ने ओलीको भनाइ थियो । उनले भ्रष्टाचार नियन्त्रण गरेर संघीय संरचनामाथि प्रश्न उठ्न नदिनु आवश्यक रहेको पनि स्पष्ट पारे । प्रदेश संरचना कार्यान्वयन र अभ्यासका क्रममा प्रश्न…
८ पौष, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपटकको जहाज खरिद प्रक्रियामा कुनै पनि प्रकारको त्रुटि र विवाद हुने काम नगर्न र पारदर्शी ढंगले अगाडि बढ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयलाई निर्देशन दिएका छन्। आइतबार दिउँसो सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त ब्रिफिङ र छलफलमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। प्रधानमन्त्रीले भने, ‘नेपालमा जहाज खरिद प्रकरणमा जहिले पनि प्रश्न उठ्ने गरेको छ। यसपटक यस्तो गल्ती नहोस्। जहाज खरिद प्रक्रिया शतप्रतिशत सही र पारदर्शी हुनुपर्छ। यसपटकको खरिद प्रक्रियामा विगतका जस्ता कुनै प्रश्न नउठून्, कुनै त्रुटि नहोउन्।’ ‘हाम्रा कतिपय नीति नियमहरू पर्यटकमैत्री छैनन्, तिनीहरू बदलेर…
७ पुस, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहालले आफू तेस्रोपटक प्रधानमन्त्री भएको एक वर्ष पूरा भएको अवसरमा विशेष घोषणा गर्ने बताएका छन् । शनिबार बुढानीलकण्ठमा आयोजित कार्यक्रममा उनले भने, 'सरकारले अहिलेसम्म के गर्यो ? के भयो ? के भएन ? मैले नयाँ ढगले जान्छु भनेको छु, त्यो नयाँ ढंगले जाने भनेको के हो भनेर म विशेष सम्बोधन गर्दैछु ।' मन्त्रीहरुको त्रैमासिक समीक्षामा असन्तुष्टि जनाएका प्रधानमन्त्री दाहालले यसअघि मन्त्रिपरिषद् बैठकमा पनि नयाँ ढंगले जाने भन्दै प्रस्तुत भएका थिए । नेताहरुका अनुसार प्रधानमन्त्री दाहालले एक वर्ष पूरा भएपछि मन्त्रीहरु हेरफेर गर्न चाहेका छन् भने सरकारबाहिर रहेका अन्य दलहरुलाई समेत सरकारमा सहभागी गराउने प्रयास गरिरहेका छन् । आगामी मंगलबार उनी प्रधानमन्त्री…
७ पुस, पोखरा - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै पोखरामा आक्रमण भएको प्रयास भएको छ । पोखरा अमरसिंह चोकमा आयोजित सभामा सम्बोधन गर्ने क्रममा शनिबार लामिछानेमाथि लमजुङ घर भई पोखरा बस्दै आएका सन्तोष रानाभाटले खोया प्रहार गरेका थिए । रानाभाटलाई वडा प्रहरी कार्यालय रामबजारको प्रहरी टोलीले पक्राउ गरेको छ । कार्यालयका इन्स्पेक्टर विनोद श्रेष्ठका अनुसार रानाभाटलाई पक्राउ गरिएको र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । सभापति लामिछानेले सहकारीको कुरा गरेपछि आक्रोशित बनेका रानाभाटले खोया प्रहार गरेका थिए ।
७ पुस, काठमाण्डौं - राष्ट्रपति रामचन्द्र पौडेलले आफू रहेसम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने बताएका छन् । नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले विराटनगरमा आयोजना गरेको प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीहरूको भेलालाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने बताएका हुन् । उनले भने, ‘म तपाईँहरूलाई के विश्वास दिलाउन चाहन्छु । मेरो तागतले भ्याएसम्म र म रहेसम्म लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन दिने छैन ।’ उनले आफूलाई संविधानले दिएको जिम्मेवारी निष्ठापूर्वक पालना गर्ने बताए । राष्ट्रपति पौडेलले संविधानले निर्देश गरेको समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योग व्यवसायीहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले…
७ पुस, काठमाण्डौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आउँदो फागुनसम्ममा प्रदेशलाई अधिकारसम्पन्न नबनाइए सिंहदरबार घेर्ने चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा कांग्रेसको वाग्मती प्रदेश सम्मेलनमा बोल्दै उनले कांग्रेसको प्रदेश सम्मेलन भइरहँदा हरेक ठाउँमा प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्ने माग उठेको भन्दै प्रदेश सरकारले राखेका माग पूरा गर्न आग्रह गरे । शर्माले कांग्रेस महासमिति बैठकसम्म प्रदेशलाई अधिकारसम्पन्न बनाउने गरी कानुन ल्याउन आग्रह गर्दै त्यति बेलासम्म कानुन नल्याइए महासमितिको बैठकबाट निर्णय गरेर कांग्रेसले सिंहदरबार घेर्ने उनले बताए । प्रदेश सरकारले आफ्नो अधिकार मागेकाले अधिकार दिन कन्जुस्याइँ नगर्न उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरे ।
७ पुस, काठमाण्डौं - कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संसद् सञ्चालनमा ढिलाइ भए अध्यादेशमार्फत संघीय निजामती ऐन ल्याइने बताएका छन् । शनिबार नेपाली कांग्रेसको बाग्मती प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संघीय प्रहरी ऐन, संघीय कर्मचारी ऐन र शिक्षा विधेयकहरू संसद् सञ्चालन हुन ढिलाइ भए अध्यादेशमार्फत ल्याइने जानकारी दिए । स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन छिटै संघीय कानुन पारित गर्ने तयारीमा सरकार रहेको समेत उनले उल्लेख गरे । “प्रदेशहरूले झन्डा त पायो, दण्ड पाएन भन्ने कुरा आयो । निश्चित रूपमा झन्डा त पायो प्रदेशमा, तर हामी दण्ड नपाउने परिस्थिति अन्त्य गर्दै…