४ पुस, काठमाण्डौं - संघीय संसद्को महासचिवमा सिफारिस भएका पद्मप्रसाद पाण्डेयलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त नगरेकोमा नेकपा एमालेले आपत्ति जनाएको छ । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेलाई मंसिर २५ मा सिफारिस गरे पनि राष्ट्रपति पौडेलले अध्ययन गर्ने भन्दै रोकेका छन् । एमालेको बुधबार बसेको सचिवालय बैठकले राष्ट्रपतिले पाण्डेलाई नियुक्त नगरेकोमा आपत्ति जनाएको हो । 'सभामुख र अध्यक्षले सिफारिस गरेका संसद्का महासचिव पाण्डेलाई नियुक्त नगरी राष्ट्रपतिमा राजनीतिक स्वार्थ देखियो,’ एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भने, ‘यसबाट राष्ट्रपतिको भूमिका खुलेआम कांग्रेस पार्टीका नेताको जस्तो देखियो ।’ एमालले संविधानअनुसार संसदको महासचिव सिफारिस गर्ने प्रावधान भए पनि राष्ट्रपतिले राक्नु खेदजनक भएको जनाएको छ ।…
४ पुस, विराटनगर - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मन्त्रीहरूको रिपोर्ट कार्ड खोज्नुको सट्टा प्रधानमन्त्रीले आफ्नो एक वर्षे रिपोर्ट कार्ड सार्वजनिक गर्नुपर्ने बताएका छन्। बुधबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले जनतालाई आशा जगाउन वर्तमान सरकार र नेतृत्व परिवर्तन अपरिहार्य रहेको पनि बताए। उनले सरकार संचालनका कारण जनतामा वितृष्णा बढेकाले नेपाली कांग्रेसको नेतृत्वमा मात्र जनतामा आशा जगाउन सकिने बताए। कोइरालाले एनसेल प्रकरणले राजनीतिक दलका नेताहरू, कर्मचारी र व्यापारीहरूको नेक्सस र्सार्वजनिक गरेको बताए। उनले नेपालमा भइरहेका ठूल्ठूला भ्रष्टाचारमा नेता, कर्मचारी र व्यापारीको मिलोमतो हुने गरेको जिकिर गरे।
४ पुस, काठमाण्डौं - रूसी सेनामा कार्यरत थप एक नेपाली कुन्दन सिंह नागलको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै नागलको मृत्यु भएको उल्लेख गरेको हो । योसँगै रुसी सेनामा भर्ती भएर युद्धमा मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ । यसअघि मन्त्रालयले ६ जनाको मृत्यु भएको जानकारी दिएको थियो । मन्त्रालयका अनुसार नागलको राहदानी नम्बर ०९४७३६३२ रहेको छ ।
४ पुस, काठमाण्डौं - एनसेल आजियाटाले एनसेलमा रहेको ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गर्न गरेको ‘सेयर खरिद सम्झौता’को दस्तावेज नियामक नेपाल दूरसञ्चार प्राधिकरणमा बुझाएको छ । एनसेलले बुधवार खरिद बिक्रीसम्बन्धी कागजात प्राधिकरणलाई बुझाएको प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । ‘कागजात प्राप्त भएको छ, त्यसमा के छ भन्नेबारे अब प्राधिकरणले अध्ययन गर्छ,’ उनले भने । प्राधिकरणले मंसिर १४ मा खरिद–बिक्रीबारे वास्तविकता बुझ्न एनसेललाई पत्र पठाएको थियो । एनसेलले कागजपत्र संकलन हुनासाथ उपलब्ध गराउने भन्दै जवाफीपत्र पठाए पनि तीन सातासम्म कुनै दस्ताबेज बुझाएको थिएन । दस्तावेज प्राप्त नभएकोबारे सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बताएकी थिइन् ।…
४ पुस, काठमाण्डौं - प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं-तराई-मधेश द्रुतमार्ग निर्माण समय सीमाभित्रै सक्न नेपाली सेनालाई निर्देशन दिएको छ । सिंहदरबारमा बधुबार बसेको समिति बैठकले समयसीमाभित्रै काठमाडौं-तराई द्रुतमार्ग निर्माणको सबै काम (शून्य बिन्दुदेखि निजगढसम्म) सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिने निर्णय गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए । उनका अनुसार फास्ट ट्र्याकका विषयमा प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा रक्षामन्त्री, वन तथा वातावरणमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री, मुख्यसचिव र सम्बन्धित मन्त्रालयका सचिवहरुसहितको बैठक छिट्टै डाँकेर छलफल गरिने निर्णय भएको छ । द्रुतमार्ग निमार्णका सन्दर्भमा सेनाबाट अनुरोध भएबमोजिम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट उपलब्ध गराउन पर्ने आवश्यक प्राविधिक…
४ पुस, काठमाण्डौं - न्यायपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनालाई नियुक्त गरेका छन् । नियूक्त हुनेहरुमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाल रहेका छन् । यसअघि बुधबार नै संसदीय सुनुवाइ समितिले उनीहरुको नाम अनुमोदन गरेको थियो ।