शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

सिक्ने र सिकाउने अभियानमा ज्ञानशाला 

Advertisement

काठमाडौँ । समाज, राजनीति, दर्शन आदिसँग जोडिएका हरेक पक्षहरूको अध्ययन तथा अनुसन्धानसँग सम्बन्धित हुँदै  ज्ञानशाला अनुसन्धान केन्द्रको स्थापन गरिएको छ । राजधानीको नयाँबजार स्थित उत्तम चोक, खुशीबुमा सो केन्द्रको स्थापना गरिएको छ । 

२०८० साल भाद्र २४ गते औपचारिक रूपमा उद्घाटन गरिएको अनुसन्धान केन्द्रले समाज तथा राजनीतिसँग जोडिएका हरेक विधाहरूको अध्ययन तथा अध्यापन गराउने केन्द्रका अध्यक्ष भोला ढकालले बताउनु भयो । अनुसन्धानमूलक विषयहरूमा केन्द्रित हुनुका साथै विभिन्न भाषा कक्षाहरू, शिक्षक तथा मन्टेश्वरी तालिम, सेयर तथा लेखा तालिम, नेतृत्व विकास कार्यशाला, कविता तथा कथा लेखन कार्यशाला, बाल साहित्य लेखन, आधारभूत आमसञ्चार तालिम, योगा तथा नृत्य अभ्यास जस्ता विषयहरूमा पनि क्रियाशील भइने वहाँले बताउनु भयो । 

शिक्षा तथा सामाजिक क्षेत्रमा लामो अनुभव प्राप्त गर्नुभएका अध्यक्ष ढकालले बताउनुभयो, ‘जीवनको जुनसुकै क्षेत्रमा क्रियाशील हुँदा ज्ञानको महत्त्वपूर्ण भूमिका हुन्छ । बदलिँदो समय र परिस्थितिअनुसार ज्ञानको स्वरूपलाई अद्यावधिक गर्नुपर्ने आवश्यकता भइरहन्छ । सामाजिक, साहित्यिक, राजनीतिक क्षेत्रका विकृति तथा विसङ्गतिहरूको अन्त गर्दै यी क्षेत्रहरूलाई नयाँ उचाइमा पुर्‍याउन ज्ञानको गहिराइमा पुग्नुपर्ने आवश्यकता हुन्छ । अनुसन्धानमूलक तरिकाले ज्ञानको चर्चा परिचर्चा गर्दै एउटा व्यवस्थित तथा वैज्ञानिक दृष्टिकोण निर्माण गर्नु महत्त्वपूर्ण विषय हो ।’ 

 प्राज्ञिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेका व्यक्तित्वहरूलाई एकै ठाउँमा जमघट गराएर एउटा स्पष्ट विचार निर्माणको दिशामा अनुसन्धान केन्द्र क्रियाशील हुने अध्यक्ष ढकालले बताउनुभयो । सिक्ने तथा सिकाउने अभियानमा सबैसँग सहयोग तथा समर्थनको अपेक्षा समेत वहाँले गर्नुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Testing

Testing

Testing period
भीमसेनको महिमा

भीमसेनको महिमा

भीमसेनको महिमा नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका  छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो...
Test on the way

Test on the way

Here is the testing going on !!
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्र...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search