शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

“बा”

Advertisement

*आविष्कार कला

 हथौडाले टुकटुक 

छिनाले छिन्छिन्

 हानेको मूर्ति मन्दिरमा हुन्छ

 अनुभवको गह्रुङ्गो घनले हिर्काएर 

हरदम तिमीलाई

 आर्शिवचन दिने मूर्ति 

पलपल तिम्रो साथमा हुन्छ

 त्यही मूर्तिको गोप्य नाम हो–बा । 

 पटक–पटक गुमेको श्वास लिएर

 चुँडिएको नशा सिलाएर

 रगतलाई पसिना बनाएर 

सन्तानको हाँसोलाई 

आफ्नो नासो ठान्ने 

मन–मस्तिष्कको एउटै नाम हो–बा । 

 पृथ्वी जत्तिकै भारी

 निरन्तर बोकिरहने 

ज्वारभाटासँग सङ्घर्ष गरिरहने 

वर्षौँदेखि आँधी हुरीमा अडिग 

पटक–पटक चट्याङको प्रहारबाट 

उठेर 

सन्तानलाई स्वर्ग देखाउन चाहने 

महामानवको साझा नाम हो–बा ।

 बा भन्नुहुन्छ–

 ‘ए फरक फरक विश्वविद्यालयमा 

सङ्ख्यात्मक उपाधि प्राप्त सन्तान ! 

जीवनको पहिलो पाठशाला ! 

खुसीको क्षणमा सुन–

 संसारका सयौँ विश्वविद्यालयको 

सैद्धान्तिक र प्रयोगात्मक परीक्षा 

उत्तीर्ण गर्नेको एउटै नाम हो–बुढा बा ।’

 अन्त्यमा,

 ढुङ्गा र मूर्ति देखाउँदै

 बाले सोध्नुभयो– 

‘विना चोटको जीवन

 चोटसहितको जीवन 

के रोज्छस् छोरा ?’

 मैले भनेँ– 

‘हजुरकै जीवन रोज्छु बा

 सङ्घर्ष, समानता र मानवता।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Testing

Testing

Testing period
भीमसेनको महिमा

भीमसेनको महिमा

भीमसेनको महिमा नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका  छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो...
Test on the way

Test on the way

Here is the testing going on !!
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्र...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search