शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

सर्वोच्च द्वारा मुस्लिम धर्ममा रहेको तीन तलाकलाई गैर कानुनी ठहर 

Advertisement

 

 

 

काठमाडौँ : इस्लाम धर्म अनुसार तीन पटक तलाक भनेकै आधारमा सम्बन्ध विच्छेद भएको मानिने परम्परा रहे पनि सर्वोच्च अदालतले त्यसलाई गैरकानुनी ठहर गरेको छ।सर्वोच्चको संयुक्त इजलासले मुस्लिम समुदायमा कायम रहेको तलाकलाई सम्बन्ध विच्छेद मान्न नसकिने व्याख्या गर्दै कानुनी रूपमा सम्बन्ध विच्छेद नभई अर्को विवाह गरे बहुविवाह हुने ठहर गर्दै पुरुषलाई सजाय समेत सुनाएको छ।

२०७९ चैत २६ गते टङ्कबहादुर मोक्तान र हरि फुयाँलको संयुक्त इजलासबाट एक मुद्दामा फैसला आएको थियो। तर पुर्णपाठ हालै सार्वजनिक भएको हो।

पूर्ण पाठमा इस्लाम सम्प्रदायमा प्रचलनमा रहेको सम्बन्ध विच्छेदलाई प्रचलित नेपाल कानुनले मान्यता नदिएको र सबै समुदाय र सम्प्रदायलाई लागू हुने एकीकृत कानुन लागु हुने भनेको छ।

सर्वोच्चले मुस्लिम समुदायमा प्रचलनमा रहेको तीन तलाकलाई स्वेच्छाचारी प्रकृतिको सम्बन्धबिच्छेद भन्दै त्यसलाई कसुरजन्य कार्य भनेको छ।

काठमाडौँकी सविया तनविर हसनले १४ बर्ष  अघि आफ्नो श्रीमान मनौवर हसन विरुद्ध मुद्दा दायर गरेकी थिइन्। उनले आफू शारीरिक र मानसिक रूपमा ठिक छँदाछँदै श्रीमानले मिना हलुवाइसँग दोस्रो विवाह गरेको भन्दै बहुविवाहको मुद्दा हालेकी थिइन्। यी दुवैको दुई सन्तान समेत थियो।

स्मरण रहोस्,  मुस्लिम धर्मले चार श्रीमतीसम्म विवाह गर्न अनुमति दिएको छ र अरू कुनै पनि पत्नीलाई अन्य विवाहको बारेमा थाहा हुनु आवश्यक छैन अर्थात केटाले दुई पटक विवाह गर्न सक्छ र आफ्नी पहिलो पत्नीसँग झूट बोल्न सक्छ कि उसले अहिलेसम्म विवाह गरेको छैन।

इस्लामले पुरुषलाई मौखिक घोषणाद्वारा आफ्नी पत्नीलाई सम्बन्ध विच्छेद गर्न अनुमति दिएको छ, पत्नीलाई त्यस्तो अधिकार छैन। “…तलाक दुई पटक अनुमति छ।”

जब पतिले आफ्नी पत्नीलाई तीन पटक तलाकको घोषणा गरिसकेका छन्, तब उनले अर्को पुरुषसँग विवाह नगरेसम्म (यौन सम्भोग सहित) आफ्नो पतिसँग कानुनी रूपमा पुनर्विवाह गर्न सक्दैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Testing

Testing

Testing period
भीमसेनको महिमा

भीमसेनको महिमा

भीमसेनको महिमा नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका  छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो...
Test on the way

Test on the way

Here is the testing going on !!
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्र...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search