शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

सेयर बजारमा सुधार, कारोबार रकम भने अझै सुस्त

Advertisement

का

ठमाडौँ, १७ असोज । सेयर बजारमा बुधवार सुधार देखिएको छ । यस दिन नेप्से सूचक ९.२४ विन्दुले बढेर १९६७.९७ अङ्कमा आइपुगेको छ । १ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

नेप्से सूचक बढे पनि कारोबार रकम भने अझै सुस्त नै छ । बजारमा एकातिर लाभांश सिजन चलिरहेको छ भने अर्कोतिर प्रमुख चाडपर्व पनि नजिकिएको छ । चाडपर्व र लाभांश वितरण हुने बेलामा सेयर बजारमा विशेष चहलपहल बढ्नुपर्ने अपेक्षा गरिएको छ । तर अहिलेसम्म त्यस्तो हुन भने सकेको छैन ।

चाडपर्वका बेला रेमिटेन्स बढी आउँछ । बजारमा कारोबार बढ्ने हुँदा अर्थतन्त्र पनि थप चलायमान हुन्छ । तर अहिलेसम्म बजारमा यसको उत्साह देखिएको छैन । वर्ष दिनको कमाइबाट सूचीकृत कम्पनीहरूले लाभांश घोषणा गरेका हुन्छन् ।

बजारको आगामी यात्रा भने नीतिगत सुधार, बैङ्क ब्याजदर तथा लगानीकर्ताको मनोबल कस्तो रहन्छ, त्यसैमा निर्भर हुने देखिन्छ । अल्प कालमा बजारमा उतारचढाव आउन सक्छ तर मध्यकालीन र दीर्घकालीन अवधिका लागि भने नीतिगत सुधार र ब्याजदर नै प्रमुख विषय हुनेछन् । समग्रमा लगानीकर्ताले निश्चित योजना बनाएर लगानी सम्बन्धी निर्णय लिनुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Testing

Testing

Testing period
भीमसेनको महिमा

भीमसेनको महिमा

भीमसेनको महिमा नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका  छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो...
Test on the way

Test on the way

Here is the testing going on !!
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्र...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search