शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

कोशीमा एमाले सहित सरकारको मसालद्वारा विरोध

Advertisement
काठमाडौँ आश्विन ३० ।  कोशीमा एमाले सहितको मन्त्रीपरिषद् गठन गठबन्धनको समझदारीको विपरीत छ र त्यस प्रकारको सरकारको गठनले देशलाई प्रतिगमनको दिशामा लैजानको लागि उन्मुख गर्ने भन्दै नेकपा(मसाल)का महामन्त्री मोहनविक्रम सिंहले वक्तव्य जारी गरेका छन् । उनले वक्तव्यमा भनेका छन् ः
 हामीले कोशीमा बनेको एमाले सहितको सरकारको कडा शब्दमा विरोध गर्दछौँ । हामीले बारम्बार यो स्पष्ट गर्दै आएका छौँ कि ने.का.भित्रको प्रतिपक्षले, एकातिर, एमालेसित गठबन्धन गरेर सरकार बनाएर देशलाई प्रतिगमनतिर लैजाने प्रयत्न गर्दै छ भने अर्कातिर अमेरिकन परस्त तत्त्वहरूसित पनि गठबन्धन गरेर देशमा अमेरिकी साम्राज्यवादको इण्डोप्यासिफिक र तिब्बत सम्बन्धी रणनीतिको लागि नेपालको भूमि प्रयोग गर्नका लागि आधार तयार पार्ने प्रयत्न गर्दै छ ।
 हामीले पहिले पनि बारम्बार यो स्पष्ट गरिसकेका छौँ कि ने.का.भित्र चलिरहेको अन्तरसंघर्ष खालि त्यो दलसित मात्र सम्बन्धित नभएर त्यसमा कुन पक्षको जीत हुन्छ ? त्यसले देशको राजनीतिलाई गम्भीर रूपले प्रभावित गर्ने छ । ने.का.भित्रको सङ्घर्षमा कुन पक्षको जीत हुन्छ ? त्यो हाम्रो सरोकारको विषय होइन । तर त्यो अन्तरसंघर्ष जुन हदसम्म देशको समग्र राजनीतिसित सम्बन्धित हुन्छ, अर्को शब्दमा त्यसले जुन हदसम्म प्रतिगमन वा अमेरिकाको रणनीतिलाई सेवा गर्ने काम गर्दछ, त्यो हाम्रो सरोकारको विषय हुन जान्छ र देशलाई प्रतिगमन वा अमेरिकी साम्राज्यवाद परस्त दिशामा लैजाने कुनै पनि राजनीतिलाई हाम्रो पार्टीले. गलत मान्दछ र विरोध गर्दछ । कोसीको घटनाक्रमले त्यही प्रकारको राजनीतिक दिशाको सङ्केत गरेको छ र हामीले त्यसको विरोध गर्दछौँ ।
वर्तमान माओवादी र ने.का. सहितको गठबन्धन सरकारले नेपालको रािष्ट्रयता र अखण्डताको दिशामा अपनाएका अवसरवादी, ढुलमुल र राष्ट्रघाती नीतिहरूको विरोध गर्दै आएका छौँ । हामीले उनीहरूका अमेरिकी र भारतीय साम्राज्यवाद परस्त क्रियाकलापहरूको लगातार विरोध गर्दै आएका छौँ । त्यस सन्दर्भमा हामीले सरकारका एमसिसी तथा नागरिक विधेयकहरूको संसद् वा सांसदबाहिर पनि विरोध गरेका वा तिनीहरूका विरुद्ध सङ्घर्ष गरेका कारबाहीहरू उल्लेखनीय छन् । तर सरकारको त्यस प्रकारको नीति वा क्रियाकलापका बाबजुद वर्तमान सरकारले पूरै नै अमेरिका वा भारत परस्त नीति नअपनाएको कुराप्रति पनि हाम्रो ध्यान गएको छ । अमेरिका वा भारतले यो चाहन्छन् कि नेपालले आÇनो परराष्ट्र नीतिलाई पूरै त्यागोस्, चीनप्रति कुनै पनि प्रकारको मैत्रीपूर्ण सम्बन्ध नराखेर त्यसप्रति पूरै शत्रुतापूर्ण नीति अपनाओस् ।
तर वर्तमान सरकार त्यो हदसम्म जान तयार भएको छैन । त्यसैले अमेरिका वा भारतले नेपालमा वर्तमान सरकारको ठाउँमा यस्तो सरकार ल्याउन चाहन्छन्, जसले पूरै नै उनीहरूका निर्देशनहरूको अनुसरण गरोस् । त्यसका लागि उनीहरूले ने.का.को प्रतिपक्ष, एमाले सहितको सरकारको गठन गर्न चाहन्छन् । कोसी प्रदेशको सरकारको गठन त्यही दिशामा उठाइएको प्रारम्भिक कदम हो । यदि उनीहरूको त्यस प्रकारको प्रयत्न सफल हुँदै जान्छ भने त्यसबाट नेपाललाई, नेपालको लोकतन्त्र, राष्ट्रियता, अखण्डता समेतको लागि गम्भीर खतरा पुग्ने कुरा निश्चित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Testing

Testing

Testing period
भीमसेनको महिमा

भीमसेनको महिमा

भीमसेनको महिमा नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका  छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो...
Test on the way

Test on the way

Here is the testing going on !!
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्र...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search