शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

राहत वितरण तथा पुननिर्माणको बिषयमा प्रधानमन्त्रीले सबै दलसँग छलफल गर्ने

Advertisement

कात्तिक २१, काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्प, राहत वितरण तथा पुननिर्माणको बिषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै राजनितिक दलहरुसँग छलफल गर्ने भएका छन् ।

यसका लागि मंगलबार दिउँसोको लागि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् । दिउँसो २ बजे सिंहदरबारमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका छन् ।

गत शुक्रवार राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु भइसकेको छ भने ३ सय ५० जना घाइते भएका छन् ।

यसैगरी दुवै जिल्लामा गरी १७ हजार ७ सय बढी घरहरु पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । भूकम्प प्रभावितलाइ राहत वितरण तथा अस्थाइ बसोबासको व्यवस्था कसरी छिटो, छरितो रुपमा गर्न सकिन्छ भन्नेबारेमा प्रधानमन्त्रीले सबैदलसँग सल्लाह लिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Testing

Testing

Testing period
भीमसेनको महिमा

भीमसेनको महिमा

भीमसेनको महिमा नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका  छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो...
Test on the way

Test on the way

Here is the testing going on !!
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्र...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search