शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

कोरियाली राजदुत सामसुङ एसेम्बल प्लान्ट अवलाेकन गर्न लुम्बिनीमा

Advertisement

भैरहवा, २६ कार्तिक । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत टाई योङ पार्कले कोरियाली उत्पादन सामसुङको एसेम्बल प्लाण्ट बन्दै गरेको कोरियाली कम्पनी हुण्डाई एसेम्बल प्लाण्ट, बेलहिया सिमा नाका र बुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन गरेका छन् ।

दुइ दिने भ्रमणमा रूपन्देही आएका उनले नवलपरासीको रामग्राक नगरपालिका स्थित गोल्छा अर्गनाईजेशन अन्तर्गतका कोरियाली कम्पनी सामसुङ टेलिभिजनको एसेम्बल प्लाण्टको अवलोकन गरेका हुन् ।

उनले निकट भविष्यमा सञ्चालनमा आउन लागेको हुण्डाई एसेम्बल प्लाण्टको समेत अवलोकन गरेका छन् । कोरियाली कम्पनी सामसुङ टेलिभिजनको एसेम्बल प्लाण्टको अवलोकन पश्चात उनले कोरियाली कम्पनीले नेपालमा पनि रोजगारी श्रृजना गर्न सकेकोमा खुशी ब्यक्त गरे ।

कोरियाकै ठूलो ब्यापारीक प्रतिष्ठान मध्येको एक सामसुङ टेलिभिजनको एसेम्बल प्लाण्टको कारण यस क्षेत्रमा राजगारीको अवसर श्रृजना भई सरकार–सरकार तथा ब्यवसायीक प्रतिष्ठान बिच पनि सम्बन्ध बिस्तार भएको गोल्छा ग्रुपका उपाध्यक्ष प्रभाकर थापाले बताए ।

यस सँगै राजदूत पार्कले सोही प्राङण मै रहेको बजाज मोटरसाईकलको एसेम्बल प्लाण्ट र २ मेगावाटको सौर्य उर्जाको पनि अवलोकन गरेका थिए । सो पश्चात प्लानट परिसरमा बृक्षारोपण समेत गरेका छन् ।

राजदूत पार्कले नवलपरासी मै निर्माणाधिन अवश्थामा रहेको लक्ष्मी मोटर कर्पोरेशन प्राली अन्तर्गतको हुण्डाई कार एसेम्बल कारखानाको पनि अवलोकन गरेका थिए । लक्ष्मी मोटर कर्पोरेशनका कार्यकारी निर्देशक निराकर श्रेष्ठले कोरियाली कार कम्पनी हुण्डाईको बारे जानकारी गराएका थिए ।

अवलोकनको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, पार्ककी श्रीमती, नेपालका लागि गणतन्त्र कोरिया दूतावासका कर्मचारी लगायतको सहभागीता रहेको थियो ।

यस्तै पहिलो दिन नै राजदुतले नेपाल भारत सिमा नाका बेलहियाको पनि अवलोकन गरेका छन । परिवारसहित आएका उनले सिमाको अवस्था र पुर्वाधारहरुको अवलोकन गरे । रुपन्देही आएको दोस्रो दिन राजदूत पार्कले बुद्ध जन्मस्थल मायादेवी मन्दिर र लुम्बिनीको अवलोकन गरी काठमाण्डौ फर्किएका छन् ।

राजदुत पार्कसहित श्रीमती यूनही चोङ, राजदूतावासका काउन्सिलर काङ, आर्थिक तथा विकास बिशेषज्ञ च्याङ हानले लुम्बिनी भ्रमण गरेका हुन् ।

राजदुत पार्कलाई लुम्बिनी विकास कोषका तर्फबाट चन्द्रप्रकाश पाठकले स्वागत गर्दै बिफ्रिङ गरेका थिए । राजदुत पार्कले मायादेवी मन्दिर, पुष्करणी पोखरी, अशोक पिल्लर सहित कोरियन, थाई, म्यानमार, कम्बोडियन मन्दिरको भ्रमण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Testing

Testing

Testing period
भीमसेनको महिमा

भीमसेनको महिमा

भीमसेनको महिमा नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका  छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो...
Test on the way

Test on the way

Here is the testing going on !!
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्र...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search