शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

क्रिकेट विश्वकपको उपाधि अस्ट्रेलियालाइ

Advertisement

मंसिर ३ ,काठमाडौं ।  अस्ट्रेलियाले क्रिकेट विश्वकपको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा आयोजक भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले छैठौं पटक विश्वकपको उपाधि जितेको हो ।

भारतले दिएको २४१ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

अस्ट्रेलियाको जितमा ट्राभिस हेडले शानदार १३७ रनको शतकीय पारी खेलेका थिए भने मार्नस लाबुसचाग्नेले अविजित ५८ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा अलआउट हुदै २४० रन बनाएको थियो ।

अस्ट्रेलियाले यस विश्वकपमा शुरुका दुई खेलमा हार बेहोरेपछि पछिल्ला आठ खेलमा अपराजित हुदै फाइनलमा पुगेको थियो । अस्ट्रेलियाले योसहित छैठौं पटक विश्वकपको उपाधि जितेको छ । यसअघि अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकप जितेको थियो ।

त्यस्तै यसअघि १९८३ र २०११ को विश्वकप जितेको भारत दोस्रो पटक उपविजेता बनेको छ । यसअघि २००३ को विश्वकपमा भारत उपविजेता बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Testing

Testing

Testing period
भीमसेनको महिमा

भीमसेनको महिमा

भीमसेनको महिमा नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका  छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो...
Test on the way

Test on the way

Here is the testing going on !!
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्र...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search