शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

विश्वकप फुटबलको छनोटमा अर्जेन्टिनासँग ब्राजिल पराजित

Advertisement

मंसिर ६, काठमाडौं । विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ब्राजिललाई हराएको छ । ब्राजिलको घरेलु मैदान माराकाना रंगशालामा भएको खेलमा अर्जेन्टिनाले १–० को जित निकालेको हो ।

विश्वकप फुटबलको छनोटमा ब्राजिलको यो लगातार तेस्रो हार हो । उरुग्वे विरुद्धको खेलमा स्टार फरवार्ड नेयमार चोट बोकेर मैदान बाहिरिएपछि ब्राजिल तीनै वटा खेलमा पराजित बनेको छ ।

ब्राजिलले उरुग्वे, कोलम्बिया र अर्जेन्टिनासँग लगातार तीन खेल हार ब्यहोरेको हो । तनावपूर्ण खेलमा अर्जेन्टिनाका लागि निकोलस ओटामेन्डीले ६३ औं मिनेटमा विजयी गोल गरेका थिए । कर्नरबाट प्राप्त बलमा उनले हडमार्फत गोल गर्न सफल भएका थिए ।

विश्वकप छनोटमा ब्राजिल पहिलो पटक घरेलु मैदानमा हारेको हो । अर्जेन्टिनाले १५ अंक सहित छनोट तालिकामा आफुलाई शीर्ष स्थानमा राखेको छ । ब्राजिल ८ अंक सहित छैटौं स्थानमा छ । अर्जेन्टिना अघिल्लो बर्षको विश्वकप विजेता पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Testing

Testing

Testing period
भीमसेनको महिमा

भीमसेनको महिमा

भीमसेनको महिमा नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका  छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो...
Test on the way

Test on the way

Here is the testing going on !!
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्र...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search