शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनमा २८ जना घाइते, शुक्रबार काठमाडौँ बन्दको आह्वान

Advertisement

मंसिर ७, काठमाडौं । गणतनत्रको बिरोधी मेडिकल व्यवसायी दुर्गा प्रसाईं र एमालेको भातृ संगठन युवासंघकाक नेता कार्यकर्ताले बिहिबार काठमाडौंमा छुट्टा छुट्टै प्रर्दशन गरे ।

प्रसाईंको आन्दोलन दबाउन भन्दै आन्दोलनमा त्रत्रिएको युवा संघ र प्रसार्इं पक्ष दुबैका बराबरी जस्तै प्रर्दशनकारी थिए ।
तिनकुने क्षत्रेमा प्रर्दशन गरेको युवासंघको आन्दोलन केही व्यवस्थित देखिएको भएपनि बल्खु क्षेत्रमा भएको प्रसाईं नेतृत्वको प्रर्दशनमा प्रर्दशनकारी घाइते समेत भए ।

बल्खुमा प्रहरी र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षबीच झडप हुँदा २८ जना घाइते भए । बल्खुमा प्रदर्शनकारी कुलेश्वरतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । जस क्रममा प्रदर्शनकारीले ढुंगामुढा गरेका थिए ।

झडपमा प्रहरीसहित २८ जना घाइते भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।

प्रदर्शनकारीतर्फ २३ जना सामान्य घाइते भएकामा १७ जना उपचारपश्चात डिस्चार्ज भएका छन् । अन्य ६ जनाको काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा उपचार भइरहेको छ । अवस्था सामान्य रहेको एसएसपी मैनालीले बताए ।

उनका अनुसार प्रहरीलाई लक्षित गरी ढुङ्गा प्रहार गर्दै बल्खुबाट कुलेश्वरतर्फ आउन लागेको भिडलाई माइकिङ गरी सम्झाउने क्रममा झन् उत्तेजित भई ढुङ्गा प्रहार गर्दा ५ जना प्रहरी कर्मचारी घाइते भएकाले नेपाल प्रहरी अस्पतालमा लगेर उपचार गराइएको छ ।

शुक्रबार काठमाडौँ बन्दको आह्वान
गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईले भोलि काठमाडौँ बन्दको आह्वान गरेका छन् । शुक्रबार बिहान ११ बजेदेखि आन्दोलन सुरु हुने र भीडले जता भन्छ त्यतै आन्दोलन हुने उनले बताए ।

बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै प्रसाईँले सरकारले घोषणा गरेको निषेधाज्ञा नमान्ने बताउँदै पर्सिदेखि देशभरि प्रदर्शन गर्ने बताए । उनले श्रीलंकामा भएको आन्दोलन जस्तै नेताका घरघरमा जाने समेत घोषणा गरेका छन् ।

उनले भने–‘श्रीलंकामा जे गरेका थिए नि जनताले, जहाँ जहाँ भेट्छन, त्यही त्यही मसाज गर्छन् । मलाई धम्की दिन्थे नि, अब भोलिदेखि उनीहरु जोगिएर हिँडे हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Testing

Testing

Testing period
भीमसेनको महिमा

भीमसेनको महिमा

भीमसेनको महिमा नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका  छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो...
Test on the way

Test on the way

Here is the testing going on !!
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्र...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search