शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

युवकलाई कुटपिट गरेर हत्या गरेको आरोपमा सात जना पक्राउ

Advertisement

धनगढी, १३ मङ्सिर । विवाहमा गएका कैलालीका एक युवकको सामूहिक कुटपिटबाट मृत्यु भएको छ।

लम्की चुहा नगरपालिका वडा नम्बर ९ घेराघाटका एक युवकको सामूहिक कुटपिटबाट मङ्गलवार राति मृत्यु भएको हो। सामूहिक कुटपिटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका वडा नम्बर २ का २६ वर्षीय मोहन अधिकारीको कुटपिटबाट ज्यान गएको हो।

घेराघाटका डिल्ली कोइरालाको विवाहमा गएका अधिकारीमाथि विवाद हुँदा युवाहरूको समूहले कुटपिट गरेका थिए। उनलाई उपचारका लागि लम्कीको लालरत्तन अस्पतालमा लगिएको थियो। अस्पतालले नेपालगन्ज मेडिकल कलेज रेफर गरेको थियो। नेपालगन्ज मेडिकल कलेजले पनि रेफर गरेपछि अधिकारीलाई टीकापुर ल्याइएको थियो।

टीकापुर अस्पतालका चिकित्सकले मृत्यु भएको घोषणा गरेका हुन्। अधिकारीमाथि लम्कीका युवाहरूले कुटपिट गरेका थिए।

प्रहरीले अहिलेसम्म कुटपिटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ। लम्की–चुहा नगरपालिका–९ का २८ वर्षीय विर्ख भुल, २४ वर्षीय सोनु साउद, २३ वर्षीय चक्र कुँवर, २० वर्षीय अशोक कुँवर, २३ वर्षीय नवीन केशी, २५ वर्षीय रामलाल चौधरी र २४ वर्षीय विशाल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरू लम्की चुहा नगरपालिका वडा नम्बर ९ का हुन्। ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Testing

Testing

Testing period
भीमसेनको महिमा

भीमसेनको महिमा

भीमसेनको महिमा नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका  छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो...
Test on the way

Test on the way

Here is the testing going on !!
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्र...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search