शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

ललितपुर महानगरमा पनि सुरु भयो स्वास्थ्य बीमा कार्यक्रम

Advertisement

२ पुस, ललितपुर – ललितपुर महानगरमा आजदेखि स्वास्थ्य बीमा सुरु भएको छ । ललितपुर महानगरपालिकाको १०५औं स्थापना दिवसको अवसर पारेर आज देखि महानगरभित्र स्वास्थ्य बीमा सुरु गरेको हो ।

कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपाङ्गता भएका एक महिला र एक पुरुषलाई विद्युतीय कार्ड हस्तान्तरण गरेर स्वास्थ्य बीमाको प्रारम्भ गरेका छन् ।

महानगरका प्रवक्ता राजु महर्जनका अनुसार आजबाट नाम दर्ता गर्ने काम भएको भन्दै आगामी फागुन देखि उनीहरुले उपचार सेवा प्राप्त गर्ने बताए । उनले अब लगत्तै दर्ता सहयोगी नियुक्ति गरेर तालीम दिई नगरबासीलाई स्वास्थ्य बीमामा आवद्ध गराउनका लागि ‘फिल्ड’मा खटाउने बताए ।

‘आज हामीले दिनको शुभारम्भ गरेका हौँ । अरु थुप्रै दर्ता सहयोगीहरुको नियुक्त गर्ने तथा तालीम दिने काम अव सुरु हुन्छ,’ उनले भने ।

महानगरले बीमाका लागि वडा नं ३ स्थित छावहालमा आफैले सञ्चालनमा ल्याएको सामुदायिक स्वास्थ्य प्रर्वद्धन केन्द्रलाई प्रथम सेवा विन्दु तोकेर कार्यक्रम अघि सारेको हो ।

स्वास्थ्य बीमा बोर्डका अनुसार अब देशभर ७७ वटै जिल्लाका ७५० स्थानीय निकायमा स्वास्थ्य बीमा कार्यक्रम प्रारम्भ भएको छ ।

स्वास्थ्य  बीमा बोर्डका सूचना अधिकारी ओमकुमारी कंडेलका अनुसार अब काठमाडौँ महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका र नागार्जुन नगरपालिका गरी तीनवटा स्थानीय निकायमा मात्रै स्वास्थ्य बीमा कार्यक्रम सुरु हुन बाँकी छ ।

विसं २०७२ साल २५ चैतमा कैलाली जिल्लाबाट सुरु भएको यो कार्यक्रममा प्रतिपरिवार (पाँच जना)ले ३ हजार ५ सय प्रिमियम तिर्दा १ लाख रुपैयाँसम्मको उपचार सुविधा पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Testing

Testing

Testing period
भीमसेनको महिमा

भीमसेनको महिमा

भीमसेनको महिमा नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका  छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो...
Test on the way

Test on the way

Here is the testing going on !!
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्र...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search