शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

साबिक विजेता सुदूरपश्चिम महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमै पराजित

Advertisement

५ पुस, काठमाण्डौं  – साबिक विजेता सुदूरपश्चिम प्रदेश बिहीबार प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमै पराजित भएको छ । उपाधि दाबेदार मानिएको नेपाल एपीएफ क्लबले प्रतियोगिताको पहिलो दिन सुदूरपश्चिमलाई ९ विकेटले हरायो ।

एपीएफले ८८ रनको लक्ष्य मूलपानी क्रिकेट मैदानमा १६.१ ओभरमै पार गरेको थियो । ज्योति पाण्डेले ४९ र इन्दु बर्माले ३१ रनको इनिङ्स खेल्दै एपीएफलाई सजिलो विजय दिलाए । प्लेयर अफ द म्याच ज्योतिले ४८ बल खेल्दै ९ चौका र राष्ट्रिय टोलीकी कप्तान इन्दुले ४४ बल खेल्दै ४ चौका प्रहार गरिन् । कप्तान सीता रानामगर ४ रन बनाई ईश्वरी विष्टको बलमा आउट भइन् ।

यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाई ८७ रनमात्र बनाउन सकेको थियो । कविता जोशी २७ बलमा २ चौका र १ छक्कासहित २२ र सम्झना खड्काले १२ रन बनाए । रेवती धामी ९, कप्तान रितु कनोजिया ७ र विन्दु रावल ६ रनमा आउट भए । लक्ष्मी साउद ६ रनमा अविजित रहिन् । एपीएफबाट सोनु खड्काले २ तथा सुमन विष्ट, करुणा भण्डारी र इन्दुले १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Testing

Testing

Testing period
भीमसेनको महिमा

भीमसेनको महिमा

भीमसेनको महिमा नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका  छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो...
Test on the way

Test on the way

Here is the testing going on !!
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्र...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search