शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

कांग्रेस सत्तामा भए पनि ‘के हो उपलब्धि’

Advertisement

१२ पुष, काठमाण्डौं – सत्तारूढ दल नेपाली कांग्रेसले सरकारको समीक्षा गर्न बोलाएको केन्द्रीय समिति बैठकमा नेताहरूले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूले गुटको हितमा मात्रै काम गरेको धारण ब्यक्त गरेका छन् ।

यस सँगै गुटका लागि काम गर्ने मन्त्रीहरूको ‘अपजस’को भारी आफूहरूले नबोक्ने उनीहरूको भनाइ छ ।

बैठकको पहिलो दिन बिहीबार पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले आफूले गरेका कामको ब्रिफिङ गर्ने भनिएको थियो । तर, स्वास्थ्यमन्त्री मोहन बस्नेतबाहेक अरूले बोलेनन् । मन्त्रिपरिषद्को बैठक रहेको भन्दै सबै मन्त्रीहरू हिँडेका थिए ।

बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले सरकारमा ‘कांग्रेस छ र ?’ भन्ने आशयबाट धारणा राखेका थिए । उनीहरूले कांग्रेस सत्तामा भए पनि ‘के हो उपलब्धि’ भन्दै प्रश्न गरे । 

उनीहरूले देशमा भ्रष्टचार बढेको, सुशासन सकिएर दण्डहीनता मौलाएको, देश काण्डैकाण्डमा फसेको बताएका थिए । ‘यस्तो विषम अवस्थामा कांग्रेस सत्तामा भए पनि के चाहिँ अनुभुति जनताले गर्न पाए ?,’ उनीहरूको प्रश्न थियो ।

बैठकमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै संस्थापइतर समूह निकट केन्द्रीय सदस्यले खुलेर भनाइ राखे । उनीहरूको चासो सरकार असफल भए जनतामा कांग्रेसको सकारात्मक सन्देश जाँदैन भन्ने रहेको एक केन्द्रीय सदस्यले जनकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Testing

Testing

Testing period
भीमसेनको महिमा

भीमसेनको महिमा

भीमसेनको महिमा नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका  छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो...
Test on the way

Test on the way

Here is the testing going on !!
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्र...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search