शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

राष्ट्रिय समन्वय परिषद्‌को पहिलो बैठकका निर्णय शीघ्र कार्यान्वयन गर्न सातै प्रदेशको मुख्यमन्त्रीको आग्रह

Advertisement

१३ पौष, हेटौंडा – हेटौँडामा बसेको सातै प्रदेशको मुख्यमन्त्रीको बैठकले गत असार १५-१६ मा पोखरामा बसेको राष्ट्रिय समन्वय परिषद्‌को पहिलो बैठकका निर्णय शीघ्र कार्यान्वयन गर्न आग्रह गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा २०८० असार १६ गते पोखरामा बसेको परिषद्को पहिलो बैठकबाट नेपालको संविधानको कार्यान्वयन प्रभावकारिता र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा नागरिकमा प्रवाह हुने सेवा एवम् विकासमा शीघ्रता एवं प्रभावकारिता ल्याउने लगायत निर्णय गरेको थियो ।

यस्तै, बैठकले गत असार १५ गते पोखरामै बसेको अन्तरप्रदेश मुख्यमन्त्री बैठकले पारित गरी प्रधानमन्त्रीसमक्ष पेस गरिएको १७ बुँदे साझापत्र कार्यान्वयनको अवस्था पनि कमजोर रहेको अनुभूति गर्दै शीघ्र कार्यान्वयनका लागि पुनः अनुरोध गर्ने, प्रदेश तथा स्थानीय तहमा जाने समानीकरण अनुदानको रकम वृद्धि गर्न आवश्यक कानुनी व्यवस्था मिलाउन अनुरोध गर्ने, मधेश प्रदेश सरकारले प्रधानमन्त्रीसमक्ष कार्तिक २३ गते प्रस्तुत गरेको ध्यानाकर्षणपत्र र मधेश प्रदेशसभाले पारित गरेको संकल्प प्रस्तावबमोजिमका माग पूरा गर्न ऐक्यबद्धतासहित अनुरोध गर्नेलगायत ९ बुँदे निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Testing

Testing

Testing period
भीमसेनको महिमा

भीमसेनको महिमा

भीमसेनको महिमा नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका  छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो...
Test on the way

Test on the way

Here is the testing going on !!
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्र...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search