कास्की – कास्कीको पोखरा-२ मोहोरियाटोलबाट स्रोत नखुलेको ६ केजी ६९ ग्राम सुनसहित भारतीय नागरिक सुरजित भौमिक पक्राउ परेका छन् ।
भारत पश्चिम बंगाल मेदिनिपुर दासपुर–११ घर भई पोखरामा भाडामा बस्दै आएका ४० वर्षीय सुरजितलेको साथबाट ६ केजी ६९ ग्राम सुन, ६ केजी चाँदी र नगद ६२ लाख ८१ हजार रूपैयाँ प्रहरीले बरामद गरेको हो ।
सुरजितको पसलमा अवैध रूपमा सुन तथा चाँदीका सामान तयार गरी बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुनिल मल्लको कमान्डमा खटिएको विशेष प्रहरी टोलीले सुरजितलाई पक्राउ गरेको थियो ।
सुरजितले लामो समयदेखि घरभाडामा लिएर सुन चाँदीको गरगहना बेचबिखन गर्दै आएका थिए । उनको साथबाट भारतको आधार कार्ड, विभिन्न बैंकका १३ थान चेकसमेत बरामद भएको छ ।


