शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

प्रहरी कर्मचारी समायोजन समिति गठन

Advertisement

४ फाल्गुन, काठमाण्डौं  – सरकारले प्रहरी कर्मचारीहरुको समायोजनका लागि ‘प्रहरी कर्मचारी समायोजन समिति’ गठन गरेको छ।

गृह मन्त्रालयले प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा मन्त्रालयकै नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सहसचिव, प्रहरी प्रधान कार्यालयका डिआइजी र मन्त्रालयका उपसचिव सदस्य तथा मन्त्रालयका प्रहरी कर्मचारी प्रशासन शाखाका उपसचिव सदस्य रहने गरी ५ सदस्यीय प्रहरी समायोजन समिति गठन गरेको हो ।

शुक्रबार गृहका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दे प्रहरी समायोजनका लागि समिति गठन गरी काम थालिसकेको बताएका हुन्।

‘नेपालको संविधान तथा प्रहरी समायोजन ऐन, २०७६ बमोजिम हाल नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरी सेवामा समायोजन गरी संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउन गृह मन्त्रालयले निरन्तर रुपमा कार्य गरिरहेको छ,’ मन्त्रालयका प्रवक्ता भट्टराईले विज्ञप्तिमार्फत् भनेका छन्, ‘समायोजन समितिले प्रहरी कर्मचारी समायोजन सम्बन्धी काम समेत थालिसकेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Testing

Testing

Testing period
भीमसेनको महिमा

भीमसेनको महिमा

भीमसेनको महिमा नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका  छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो...
Test on the way

Test on the way

Here is the testing going on !!
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्र...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search