५ फागु, काठमाण्डौं — नेपाल दूरसंचार प्राधिकरणको अध्यक्ष पदको लागि दरखास्त दिनेहरुको ब्यावसायिक प्रस्तुतिकरण र अन्तरवार्ता प्रकृया आज सकिंदैछ ।
मिति २०८० माघ १४ गते गोरखापत्रमा प्रकाशित सूचना अनुसार दर्खास्त दर्ता गराएका २५ जनाको यहि फाल्गून २ गतेबाट मन्त्रालयले प्रकृया अगाडी बढाएको थियो ।
दरखास्त दिनेहरुमा, रोहित रौनियार र देवनारयण यादवको २ गते, सुरेश कुमार कार्की, प्रकाश बराल, नागेन्द्र कुमार दास, डा. नन्द विक्रम अधिकारी, माधव प्रसाद रेग्मी र सागर नाथ उपाध्यायको ३ गते, शुसिल ओझा, राम देव यादव, नविन जि.सी., जनार्दन भट्ट र लक्ष्मी प्रसाद पण्डितको ४ गते ब्यावसायिक प्रस्तुतिकरण र अन्तरवार्ता सकिएको छ ।
त्यस्तै अनिल झा, डा. दामोदर रेग्मी, शैलेन्द्र गिरी, श्रीकृष्ण सुवेदी, भुपेन्द्र भण्डी, पंकज कुमार दास, गोकर्ण प्रसाद सिटौला, चित्र सिंह बुढाथोकी मगर र कमल प्रसाद खनालको ५ गते सकिंदैछ ।
आवेदक मध्ये मैनेजर प्रसाद साह कानु, डोलिन्द्र प्रसाद शर्मा र गिरिन्द्रराज अधिकारी तोकिएको दिनमा उपस्थित भएनन् । त्यसत चित्र सिंह बुढाथोकी मगर र कमल प्रसाद खनालले पनि उपस्थिती हुन नसक्ने जानकारी दिएको बुभिएको छ ।
सहभागी मध्ये भुपेन्द्र भण्डारी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका रोजाईमा परेका पात्रहुन । भण्डारीलाई अध्यक्ष बनाउन मन्त्री शर्मा जोडवलका साथ लागेकी छन् । उनै भण्डारीलाई अध्यक्ष बनाउन स्वघोषणा फारममा सूचना भन्दा फरक अवस्था राखेर बर्तमान कर्मचारीहरुलाई सहभागी हुन नपाउने ब्यवस्था गरिएको थियो ।
एनसेलको फाइनान्स सेक्सनका उपप्रमुख भईसकेका भरत रिजाल र फाइनान्स सेक्सनकै एकाउण्ट म्यानेजर भैसकेका विष्णु प्रसाद भण्डारी सहितको सहभागितामा खोलिएको कम्पनी रियाण्डा विज सर्भ को डाइरेक्टर भईसकेका भुपेन्द्र भण्डारी स्वयं पनि एनसेलका पुर्व कर्मचारी हुन् ।
सुत्रका अनुसार भुपेन्द्र भण्डारीलाई अध्यक्ष बनाउन एनसेलका पूर्व शेयर होल्डर र अहिलेका हिडन प्लेयरहरु डा. उपेन्द्र महत्तो र राजबहादूर सिंह तथा बर्तमान शेयरहोल्डर शतिसलाल आचार्यहरु लागेकोले उनी मन्त्रीको रोजाईका पात्र भएका हुन् ।
एनसेलको शेयर खरिदबिक्री प्रकृयामा नेपाल सरकारलाई छलेको विषय विवाद भइरहँदा मन्त्रीले भण्डारीलाई बोक्नुलाई रहस्यमय रुपमा हेरिएको छ । प्रधानमन्त्रीको बफदार मन्त्रीले राज्यको कर छली गर्ने कम्पनीले उभ्याएको कुनै एक ब्यक्तिलाई यसरी बोक्नुमा कतै प्रधानमन्त्रीको पनि एनसेललाई चोख्याउने चाहना त हैन भन्ने प्रश्न जनमानसमा उब्जीएको देखिन्छ ।


