शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

वडाध्यक्षदेखि मन्त्रीसम्मका सम्पत्ति छानबिन गर्ने निर्णय लिनु पर्दछ: धनराज गुरूङ

Advertisement

७ फाल्गुन, काठमाण्डौं  – नेपाली कांग्रेसका उपसभापति तथा कानुन मन्त्री धनराज गुरूङले महासमिति बैठकले वडाध्यक्षदेखि मन्त्रीसम्मका सम्पत्ति छानबिन गर्ने निर्णय लिनुपर्ने बताएका छन्।

ललितपुरको गोदावरीमा सोमबार सुरु भएको महासमिति बैठकमा बोल्दै उनले कांग्रेसबाट निर्वाचित वडाध्यक्षदेखि संघीय मन्त्रीसम्मका सम्पत्ति छानबिन गर्ने निर्णय गर्नुपर्ने बताएका हुन् ।

‘यो महासमितिले वडाध्यक्षदेखि मन्त्री भएकाहरूसम्मको सम्पत्ति छानबिन गर्ने निर्णय गर्नुपर्छ, यसका लागि हिम्मत गर्नुपर्छ,’ उनले भने। साथै, गुरूङले पदाधिकारीले गरेका गल्ती महासमिति बैठकले सच्याउनुपर्ने पनि बताए।

पार्टीको भद्दा संरचनालाई हटाएर चुस्त बनाउनुपर्ने उनको भनाई थियो ।

‘मुसाले एकैपटक धेरै बच्चा जन्माउँछ तर हात्तीले एउटा मात्रै जन्माउँछ हात्ती नै शक्तिशाली हुन्छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Testing

Testing

Testing period
भीमसेनको महिमा

भीमसेनको महिमा

भीमसेनको महिमा नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका  छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो...
Test on the way

Test on the way

Here is the testing going on !!
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्र...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search