१४ फाल्गुन, काठमाण्डौं – बानेश्वरस्थित संघीय संसद् भवनको सुरक्षामा खटिएका ३२ जनालाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको छ ।
प्रहरी निरीक्षकको कमान्डमा खटिएका उनीहरूलाई आज फिर्ता बोलाएर अर्को टोली पठाइएको प्रहरी प्रवक्ता डीआईजी भीम ढकालले जानकारी दिए ।
उच्च सुरक्षा भनिएको नयाँ बानेश्वरस्थित संसद् भवन परिसरभित्र सोमवार दिउँसो लघुवित्त पीडितहरू छिरेका थिए । संसद् भवनको चारैतिर तैनाथ गरिएको सुरक्षा घेरा तोडेर उनीहरू भित्र छिरेका थिए ।
प्रहरीका अनुसार गेटमा भित्रबाट बोलाएको भन्दै सुरक्षाकर्मीलाई झुक्काएर उनीहरू भित्र छिरेका थिए । गेटभित्र छिरेपछि नाराजुलुस गर्न थालेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।


