२१ फाल्गुन, काठमाण्डौ – चार दलीय सत्ता गठबन्धनबीच आठ बुँदे सहमति भएको छ । बालुवाटार बैठकमा नेताहरूबीच विभिन्न आठ बुँदामा सहमति भएको हो ।
सहमतिअनुसार सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् । त्यस्तै राष्ट्रिय सभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रले उम्मेदवारी दिने भएको छ भने उपाध्यक्षमा नेकपा एमालेले उम्मेदवारी दिने भएको छ ।
यसैगरी सरकारमा सहभागी भएका दलहरूका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने र बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने सहमति भएको छ ।
दलहरूबीच सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने सहमति भएको छ ।
यस्तै, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुंग्याउने सहमति भएको छ।
सहमति पत्र:



