२ चैत , रौतहट – रौतहटको शिव मनि ट्रान्सफरका सञ्चालक नितेश साह माथि शुक्रबार दिउँसो गोली प्रहार भएको छ ।
परोहा नगरपालिका-९ का २६ वर्षीय साहलाई मोटरसाइकलमा आएका ३ जना भारतीयले गोली प्रहार गरेका हुन् । गोली लागी घाइते साहलाई उपचारको लागि वीरगन्ज लगिएको छ । उनको टाउकोमा गोली लागेको प्रहरीले जनाएको छ ।
साहमाथि गोली प्रहार गर्ने भारत मोतिहारीका मुनिशकुमार यादव र राजनकुमार पासवान, चन्द्रभान सिंहलाई पक्राउ गरिएको छ । घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल र गोली बरामद गरेको छ ।
भारतीय नम्बरको मोटरसाइकलमा आएका ३ जनालाई गोली प्रहार गरेर भाग्नै लाग्दा स्थानीयले नियन्त्रणमा लिएका थिए ।


