शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

प्रहरी अधिकारी र कर्मचारीलाई कारबाही गर्न गृह मन्‍त्रालयले बनायो समिति

Advertisement

११ चैत्र, काठमाडौं – ९ किलो र ६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धानमा संलग्न प्रहरी अधिकारी र कर्मचारीलाई कारबाही गर्न गृह मन्‍त्रालयले समिति बनाएको छ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग २०८० ले गरेको छानबिन प्रतिवेदनले निजामती कर्मचारी र प्रहरी कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेसँगै त्यसलाई कार्यान्वयन गर्नका लागि गृहले समिति बनाएको हो।

गृह मन्‍त्रालय कानून महाशाखाका सहसचिव भरतमणि रिजालको संयोजकत्वमा तीन सदस्‍य समिति बनाएको हो। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी भीमप्रसाद ढकाल र उपसचिव रामबहादुर शाही सदस्यहरू छन्।

जाँचबुझ आयोगले प्रहरीका उच्च अधिकृत सहितलाई विभागीय कारबाहीको सिफारिस गरेको थियो।

तत्कालीन सिआइबी प्रमुख एआइजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डिएसपीद्वय दुर्गा दाहाल र रूगम कुँवरले अनुसन्धानमा लापरबाही गरेको भन्दै कारबाही सिफारिस गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Testing

Testing

Testing period
भीमसेनको महिमा

भीमसेनको महिमा

भीमसेनको महिमा नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका  छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो...
Test on the way

Test on the way

Here is the testing going on !!
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्र...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search