शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

देशमा नयाँ पुराना जसलाई पनि सत्ता चाहिएको छ : सांसद तथा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल

Advertisement

१३ चैत्र, काठमाण्डौं – सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसका लागि सत्ता र सरकार प्रमुख विषय नभएको बताएका छन् ।

मंगलबार काठमाडौंमा नवीन्द्रराज जोशीको तृतीय स्मृति दिवसको अवसरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले देशले कांग्रेसलाई आफैँ सत्तामा पुर्याउने उल्लेख गरे ।

“कांग्रेसलाई सत्ता प्रमुख हैन पर्खेर बसौँ कांग्रेसलाई यो देशले आफैँ सत्तामा पुर्याउँछ । अहिलेको यो गठबन्धन चिरन्जिवी हुँदैन । उनीहरू आफैँ झगडा गरेर समाप्त हुनेछन्,” उनले भने ।

कार्यक्रममा नेता पौडेलले कांग्रेस सरकारमा गए जनताको के के काम गर्ने भनेर ‘ब्लु प्रिन्ट’ तयार गर्न लागि पर्नुपर्ने धारणा ब्यक्त गरे ।

उनले देशमा सत्ता केन्द्रित राजनीति मौलाएको र नयाँ पुराना जसलाई पनि सत्ता चाहिएको उल्लेख गरे । नयाँ भनिएका दलहरूलाई पनि सत्ता र कुसी चाहिने र सबै खाले बेइमानी गरेर सत्तामा जान खोजेको बताए । “लोकतन्त्रमाथि जुन खतरा देखिएको छ यसलाई अन्त्य गर्न कांग्रेस फरक ढंगबाट एकीकृत हुन आवश्यक छ किनभने नयाँ पुराना सबैलाई कुर्सी चाहिएको छ,” उनले भने ।

अहिले सामाजिक सञ्जालमार्फत गलत प्रचार गरेर तथा भ्रम छरेर नयाँ दलहरू जनता तर्साउन लागेको भन्दै उनले थपे, “निरंकुश शासकले बन्दुक तर्साएर डर देखाउन खोज्द्थ्यो आज सामाजिक सञ्जालमा गलत ढंगबाट प्रचार गरेर डराउन खोजिएको छ । यसविरूद्ध लड्न हामी तयार छौँ ।”

पौडेलले कांग्रेसलाई पुराना दल भनेकोमा पनि चित्त दुखाए । ‘मेरो बाउँ जन्मिनु्भन्दा पहिले कांग्रेस जन्मिनु मेरो दोष हो’ भन्दै उनले प्रश्न गरे । “सबैलाई बोल्ने सबैलाई आफ्नो कुराहरू राख्ने सबैलाई प्रश्न गर्ने स्थिति निर्माण गर्यो मेरो पार्टीले के गलत गर्यो ? कसैले गरेको गल्ती छ भने व्यक्तिले गरेको हो संस्थाले हैन,” उनले भने ।

नेता पौडेलले लोकतान्त्रिक व्यवस्था सवल पार्न सबैसँग लड्न कांग्रेस लड्न तयार भएको दाबी गरे । “लोकतन्त्रले जीवन पद्धति परिवर्तन गर्नुपर्ने हो । यसको परिभाषा फराकिलो बनाउन र आम जनतालाई अनुभूति गराउन कांग्रेसको सैद्धान्तिक विषयलाई फरक ढंगबाट व्याख्या गर्न र यथास्थितिको सैद्धान्तिक परिस्थितिलाई बदल्न जरूरी छ,” उनले भने । उनले कांग्रेसभित्र आजको चुनौती बीपीको समय जस्तै वैचारिक स्पष्ट पार्नु रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Testing

Testing

Testing period
भीमसेनको महिमा

भीमसेनको महिमा

भीमसेनको महिमा नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका  छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो...
Test on the way

Test on the way

Here is the testing going on !!
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्र...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search