१९ चैत्र, हेटौंडा – वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् ।
सोमबार बागमती प्रदेश सभा बैठकमा जम्कट्टेलले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरे ।
सरकार जोगाउनका लागि ५६ सांसदको समर्थन चाहिएकोमा मुख्यमन्त्री जम्कट्टेलले त्यति नै मत पाएका हुन् ।
मुख्यमन्त्री जम्कट्टेललाई एमालेका २७, माओवादी केन्द्रका २१, नेकपा (एस)का ७ जना र हाम्रो नेपाली पार्टी (हानेपा)का १ सांसदले मतदान गरेका थिए । उनको विपक्षमा कांग्रेसले मात्र मत जाहेर गरेको थियो । राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदले तटस्थमा मतदान गरे । मतदान प्रक्रियामा हानेपाका १ सांसद अनुपस्थित भइन् ।
पुरानो सत्ता साझेदार कांग्रेसले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिएका हुन् ।


