२५ चैत्र, लुम्बिनी – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन्।
शुक्रबार मुख्यमन्त्री नियुक्त भएका महरालाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् । साथै मुख्यमन्त्रीसँगै तीन मन्त्रीले पनि शपथ लिएका छन्।
शपथ लिनेहरुमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य, जसपाका भण्डारीलाल अहिर र माओवादी केन्द्रका दीपेन्द्र पुन छन्।
उनीहरू सबै विनाविभागीय मन्त्री हुन्।


