शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

ड्वाकु डाकस (ठुलो लाखे) प्राचिन नगर दोलखामा सम्पन्न ।

Advertisement

लाखे नेपाल अधिराज्यभर नचाइने एक मात्र सर्वप्रिय परम्परागत नाच हो। ढोलक झ्याम्टाको जिउनै थर्किने आवाजमा डरलाग्दा ठूला अनुहार र झ्याप्प परेको बाक्लो कपाल भएका रातो जामा र लुगा लगाएर घँगलाको अवाज निकाल्दै सहरबजारमा लाखेनाच देखा पर्दा जतिले आवाज सुनेका हुन्छन्, सबै त्यस ठाउ“मा झुमिन पुग्छन्।

को बालक, को वृद्धा, को युवा सबैको मन तान्न सक्ने नाच हो, दाेलखाकाे लाखेनाच लाखेनाच मूलतः काठमाडौं उपत्यकामा नचाइने नाच हो।

गोर्खाका राजा पृथ्वीनारायण शाहले तत्कालीन नेपाल (हालको काठमाडौं उपत्यका) मा आक्रमण गरी कब्जा गर्दा उपत्यकाका नेवारहरू उपत्यकाबाहिर पनि बस्न पुगे। जहा“जहा“ नेवार पुगे, त्यहा“त्यहा“ बस्ती विकास गरिदिए। किनभने यिनीहरू उद्योगी र व्यवसायी जाति थिए। आफ्नो मूलथलो छाडेर बस्ती सर्दा उनीहरूले उपत्यकाको आफ्नो संस्कृतिलाई जोगाउन सकेनन्। काठमाडौंका संस्कृति प्रायः सबै गुठीबाट चलाएका हुन्छन्।

गुठीबाट चल्ने प्रायः संस्कृति धार्मिक भावना र राज्यका शक्ति समेत जोडिएका हुन्छन्। त्यसकारण यस्ता धार्मिक, तान्त्रिक र राज्यसित सम्बन्धित अधिकांश संस्कृति उपत्यका बाहिर पुगेन। लाखेनाच भने काठमाडौं उपत्यका बाहिरका नेवार बस्तीमा पनि नचाइन थाल्यो। यो नाच अन्य जाति र समुदायमा पनि उत्तिकै लोकप्रिय भयो। काठमाडौंको मजिपातलाखे मात्र विधिवत नचाइने भएकाले यो नाच विशेष पर्व र विशेष क्षेत्रमा बाहेक अन्यस्थान र समयमा नचाइँदैन। उपत्यका बाहिर नचाइने लाखे गुणिला लाखे हो।

यो लाखे नाचका लागि कुनै धार्मिक विधि, शास्त्रगत कुरा चाहिँदैन। कुनै जाति विशेष पनि हुनुपर्छ भन्ने छैन। रमाउन चाहने जो पनि बाजाको तालमा नाच्न सकिन्छ। यसैले नेवार बाहेकका अन्य जातीय समुदाय पनि यस लाखेनाचमा सहभागी हुन्छन् र यो नाच नाच्छन्, रमाउँछन् । नेपालभरि सबै जातीय समुदायले रुचाउने र सहभागी हुने नाच नै लाखेनाच भएकाछ। यसका लागि कुनै गुठीको तालिम चाहिँदैन। ढोलक र झ्याम्टा बाजाको बोलीमा यस्तो शक्ति छ, सुन्नेलाई नै नाचुनाचु पारिदिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Testing

Testing

Testing period
भीमसेनको महिमा

भीमसेनको महिमा

भीमसेनको महिमा नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका  छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो...
Test on the way

Test on the way

Here is the testing going on !!
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्र...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search