शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

भीमेश्वर नगरपालिका तत्कालीन कार्यकारी प्रमुख सम्मानित

Advertisement

उपसचिव मानबहादुर (एमबी) खड्का ‘उत्कृष्ट निजामती सेवा पुरस्कार’ बाट सम्मानित भएका छन् । २१औँ निजामती सेवा दिवसको अवसरमा खड्कासहित १० उत्कृष्ट कर्मचारीलाई शनिबार प्रधानमन्त्री ओलीले ताम्रपत्रसहित सम्मान र पुरस्कार प्रदान गरेका हुन् ।

खड्का हाल ललितपुरकाे गाेदावरी नगरपालिकामा प्रमुख प्रशासकीय प्रमुखकाे रूपमा कार्यरत छन् ।

खड्का सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७९ मा आयोजना गरेको ‘प्रतिभा डबली’ मा ‘नेपालको प्रशासनिक क्षेत्रको सुधार’ का लागि निजामती कर्मचारीबाट प्रस्तुत भएका नविनतम विचारहरु (ईनोभेटिभ आईडिया) प्रस्तुत गर्दा दाेस्राे भएका थिए ।

दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर–६ (साविक च्यामा गाविस) स्थायी ठेगाना भएका खड्का २०६१ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका हुन् ।

साहित्यमा रूची राख्ने उनकाे ‘डाँडाकाे लाकुरी’ नामक कविता संग्रह प्रकाशित छ ।

उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेहरूमा थानेश्वर गौतम, बुद्धबहादुर गुरुङ, कविन्द नेपाल, रामप्रसाद लम्साल, ढुण्डीराज लामिछाने, चन्द्रप्रसाद मिश्र, सुनिलकुमार केसी, लक्ष्मीकृष्ण हमाल र शुभलक्ष्मी लामा पनि रहेका छन् । पुरस्कारकाे राशी एक लाख रूपैयाँ रहेकाे छ ।

त्यस्तै प्रधानमन्त्री ओलीले ३० जना निजामती सेवा पुरस्कार पाउने कर्मचारीलाई पनि ताम्रपत्रसहित पुरस्कृत गरे ।
प्रधानमन्त्री ओलीले निजामती सेवा पुरस्कार डा. रोशनीलक्ष्मी तुईतुई, कुमार घिमिरे, सुकदेव लम्साल, रेविका अमात्य, राजकुमार केसी, होमनाथ भट्टराई, संगीता स्वाँर, डा. डमरुवल्लभ पौडेल, नारायणप्रसाद ज्ञवाली, चुडाराज सापकोटा, शोभा गिरी, नरबहादुर नेगी, मीन पौडेल, सुशीला ज्ञवाली, किशोर पन्थीलाई प्रदान गरे ।

यस्तै, नवराज तामाङ, सुजन जोजिजु, युक्तप्रसाद सुवेदी, मनिता न्यौपाने, शशिधर सेढाइँ, ठाकुरप्रसाद भट्टराई, मनोजकुमार महतो, राजु कटुवाल क्षेत्री, हुर्मत विक, देवकला अर्याल, उमेश भट्टराई, रामप्रकाश साह, दीपकराज पन्त, शान्ता महर्जन र जवाहरलाल अहिरलाई निजामती सेवा पुरस्कार प्रदान गरिएको छ । उक्त पुरस्कार ५० हजार रुपैयाँ राशिको छ ।

पुरस्कार वितरण समारोहमा मुख्यसचिव एकनारायण अर्यालसहित उच्चपदस्थ कर्मचारीको सहभागिता थियो । सोही कार्यक्रम यो वर्षको उत्कृष्ट निजामती सेवा र निजामती सेवा पुरस्कार घोषणा गरिएको थियो । सरकारले हरेक वर्ष कर्मचारीलाई सर्वोकृष्ट, उत्कृष्ट र सेवा पुरस्कार प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Testing

Testing

Testing period
भीमसेनको महिमा

भीमसेनको महिमा

भीमसेनको महिमा नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका  छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो...
Test on the way

Test on the way

Here is the testing going on !!
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्र...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search