Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

प्र.अ. पनि पियन पनि

Advertisement

२०८१-०५-२८, दोलखा ।  आज चलचित्र ” नाङ्गो गाउँ ” हेरेपछी मलाई एउटा पुरानो कुराको याद आयो।  एसएलसि उतिर्ण गरेपछी आइए पढ्ने नपढ्ने द्विविधामा थिए।  त्यतिकै किन बस्नु भनेर भीम माध्यमि विद्यालयमा पढाउन थालेको थिए। प्रअ भिमदल राई एक्कासि भागेर मेलुङ गएपछि स्वयम् सेवक शिक्षक स्व. माधबमणि राजभण्डारी प्र.अ. हुनु भएको थियो।  म भर्खरै १६ बर्ष लागेको थिए र मेरो बुबा संचालक समितिको सदस्य हुनुहुन्थ्यो। २०२४-१-२४ देखि प्र.अ. माधबमणि मलाइ लिखित रुपमा निमित्त प्र.अ. भएर काम गर्नु भन्ने पत्र दिएर काठमाडौं जानु भयो।


नाङ्गो गाउँमा बेलामा तलब दिन नसकेर कुचिकार नआएर एक शिक्षकले सौचालय सफा गर्नु परेको देखाएको छ। यस्तै स्थिती हाम्रो स्कुलमा थियो यद्यपि उस्बेला सौचालय सफा गर्नु पर्ने झन्झट भने थिएन। शिक्षक कर्मचारीले तलब खान शुल्क उठ्नु पर्ने, तर परिक्षाको बेला बाध्य नपारिकन विद्यार्थीले शुल्क नतिर्ने । परिक्षा अर्ध – बार्शिक र बार्शिक गरेर दुई पटक हुने गर्थ्यो। उठेको शुल्क बाट सबैको भाग पुर्याउनु पर्ने हुन्थ्यो। कोहि कोहि शिक्षक त बीचमा नै विद्यार्थी सङ्ग पैसा लिएर मेरो तलबमा मिलाउनुस भन्ने गर्थे।

यसरी बेलामा तलब पनि नपाउने र खेतीपातीको कामले गर्दा पिएन नियमित स्कुल आउदैन थियो। तलब दिन नसक्ने भएकोले तर्साउन पनि नसकिने । यहि कारणले गर्दा पियन नआएको दिन १० बजे अघि नै स्कुल पुगेर ताला खोल्ने र पिरियड घण्टी पनि आफैले बजाउने गरेको थिए। शुरुमा त कलिलै उमेरमा प्र.अ. हुन पाएकोमा दङ्ग परेको थिए, पछि पछि  त उम्कन पाए पनि हुन्थ्यो हुन थालेको थियो। शायद तीन महिना जति पछि तुरुन्त पढ्न को लागि काठमाडौ आउनु भन्ने दाइको पत्र आएपछि मैले अर्को शिक्षक स्वामी नारायण गिरि लाई निमित्त प्र.अ. दिएर काठमाडौ कुलेलम ठोके।


यति मात्र हैन, मैले त्यो स्कुलमा पटक पटक स्वयंसेवक भएर काम गरे र नयाँ शिक्षा लागू गर्दा स्कुल खारेज होला भनेर कायु क्लबको अनुरोधमा ६ महिना जति काम गरेर स्कुलको स्वीकृति भयपछि फर्केको थिए। तर दुखको कुरा स्कुलको स्वर्ण जयन्ती स्मारिकामा प्र.अ.हरुको सूचिमा मैले निमित्त दिएको ब्यक्तिको चै नाम छ तर मेरो नाम छैन। बरु स्कुलका शिक्षक अमर कुमार प्रधान ले भने नाम उल्लेख गर्नु भएको छ। म भीम माध्यमिक विद्यालय स्कुलमा नियमित पढेर एस एल सि उतिर्ण गर्ने पहिलो विद्यार्थी पनि हु, यद्यपि पहिलो पटक एस एल सि उतिर्ण गर्ने चै मेरै दाइ स्व. बालकृष्ण जोशी हुनुहुन्छ ।

शब्द
प्रा. डा श्याम जोशी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Testing

Testing

Testing period
भीमसेनको महिमा

भीमसेनको महिमा

भीमसेनको महिमा नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका  छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो...
Test on the way

Test on the way

Here is the testing going on !!
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्र...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search