शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

अस्ट्मानको दशैं (सत्य घटनामा आधारित लघुकथा )

Advertisement

डा. श्याम जोशी

बडादशैं अस्टमिको दिन थियो। बिहानै अष्टमानले आफ्नी श्रीमतीलाई बिस्तारै भने -” दशै लाई १/२ धार्नी मासु लिनु पर्ने, धेरै लाई भनी सकें , उधारो कसैले दिन मान्दैनन् ।आफू संग एक पैसा पनि छैन ।चाडपर्व आएको गरिबको लागि दशानै हो”। पतिको कुरा सुने पछि पत्नी धनमायाले भनिन – “दशैमा अरुले खाएको देखे पछि केटाकेटीहरूले मन थाम्न सक्तैनन।नयाँ लुगा हाली दिन नसके पनि अलि अलि भयनी मासु खुवाएर चित्त बुझाउनु पर्छ । १/२ धार्नी मासु जो संग भय पनि लिआउनुस, पछि पछि आफूले नखाएर भए पनि चिउरा, चामल बेची तिरी दिउंला”। उनीहरुका दुई जना छोरा र दुई जना छोरी थिए । जेठा छोरा मात्र १०/११ बर्षका थिए , अरु ससाना थिए ।

अस्टमान एकछिन घोरिए र यौटा धोक्रो काखी च्यापी बाहिर निस्के ।केटाकेटी बुबाको बाटो हेर्दै थिए ।दिउँसो छिमेकीका बच्चाहरु मासु पोलि / पकाई बाहिर ल्याएर खाई नाच्न गाउन कराउन थाले।अष्टमानका छोराछोरी लाई असह्य भएर आमा संग रुन कराउन थाले। आमाले बाले लिन जानू भएको छ , एकछिन पर्ख भनेर सम्झाउन थालिन। उनिहरुको आँखा पुर्बको बतासे पाटी तीरमात्र पुगिरहेको थियो- कतै बा आई पुगे कि भनेर।

यस्तैमा करिब ५ बजे तिर अस्टमान बतासे पाटी तिर देखा परे ।उनको मुहार सारै मधुरो र हिँडाइ पनि सुस्त थियो।उनलाई देख्नासाथ “हाम्रो पनि बाले मासु ल्याउनु भयो भनी चिच्याउँदै छोराछोरीहरू उनी तिर दौडे र धोक्रो खोशे।उनले मासु पाइएन भन्दै धोक्रो टकटकाइ देखाए र कुखुरा काटी दिउंला भनी सम्झाउने प्रयत्न गरे। यो खबर सुनेर धनमायाले आँखा बाट वरर आँसु झारिन। त्यसपछि धनमायाले पतिको सल्लाह अनुसार कुखुरा काट्न पानी तताउन थालिन।त्यतिकैमा बाहिर खेल्न गइराखेका जेठा छोरा राम आइपुगे र यो मेरो कुखुरा काट्न दिन्न भनी कुखुरा समाए।बा आमाले कति सम्झायेर पनि नमानेर उनले कुखुरा बाहिर नै लिएर गए।

त्यो कुखुरा चल्ला हुँदै जेठा छोरा रामलाई दिराखेकोले उनैले बोक्ने र खुवाउने गरि राखेका थिए। अरु कुखुरा बेची सकेकोले अहिले त्यो यौटा मात्र बाँकी थियो।रामले कुखुरा बाहिर लगे पछि अरु केटाकेटीहरूको रुवाबासी नै भयो।छोराछोरी रोएको देखेर आमा धनमाया पनि रुन थालिन ।यो सहन नसकेर अष्टमानले पनि आँखा बाट आँसु खसाल्न थाले । त्यसको २/३ दिन सम्म पनि आमा चै कोठा बाट बाहिर नै नहेरेर रोएर बसिन। यसरी जेनतेन अष्टमानको दशै सकियो। तर रामले आफ्नो प्यारो कुखुरा दिने बिचार रतीभर गरेन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Testing

Testing

Testing period
भीमसेनको महिमा

भीमसेनको महिमा

भीमसेनको महिमा नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका  छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो...
Test on the way

Test on the way

Here is the testing going on !!
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्र...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search