मिति २०८१ आश्विन २२, दोलखा । भीमेश्वर नगरपालिका वडा नं. २ का अध्यक्ष स्टालिन श्रेष्ठले वडादशै, दीपावली, नेपाल सम्बत र छठ पर्वको शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले यी पावन अवसरहरूमा सबैलाई सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ। साथै, आश्विन २७ गते दोलखामा हुने खड्गजात्रामा देश तथा विदेशमा रहेका सम्पूर्ण दिदी-बहिनी र दाजुभाइहरूलाई निमन्त्रणा गर्दै आउन आग्रह गर्नुभएको छ।


