Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

प्राचिन नगर दोलखामा आज फुलपाती मनाइदै

Advertisement

२३ आश्विन २०८१, दोलखा । घटस्थापनाको सातौ दिन अथवा सप्तमीको दिन दोलखा नेवार समुदायहरुले धुमधामका साथ फुलपाती चाड मनाउँछन् । टोल टोलमा चाड मनाउन आ–आफ्नो घरमा दशैँ अवधि सम्म पुग्ने गरी मासु भित्र्याइन्छ । मासु भित्र्याउँदा पहिला पहिला मुल ढोका अगाडी विधिवत पूजा गरेर भित्र्याइन्थ्यो । तर आजभोली यो चलन हाराइ सकेको छ । त्यस पछि नेवारी समाजका प्रन्येक घर–घरमा मासुका अनेक परिकारहरू बनाइ सबै परिवार जम्मा भएर रमाइलोका साथ भोज खाने परम्परा रही आएको छ ।

यसै दिनको शुभ साइतमा राजकुलेश्वर तलेजु मन्दिरमा फुलपाती भित्र्याउने गरिछ । फूलपाती भित्र्याउन राजकुल/तलेजु मन्दिरबाट भीमेश्वर मन्दिरमा पुरोहित ब्राह्मण, गुठीयार, थाकती, नकिन बाजागाजा सहित आवस्यक पर्ने पूजा सामाग्रीहरू लिएर फूलपाती लिन आउँछन् र भीमेश्वर मन्दिरमा तयार गरी राखेको फूल-लावा, धानको वाला, अदुवाको बोट आदि राखिएको डोलीलाई बोक्न चार गुठीय खलक मध्ये अगाडी तिर बोक्न त्यस वर्षको भीमेश्वरको गुठी पालो पर्ने गुठीयार खलक, पछाडी बोक्ने आगामी वर्ष पालो पर्ने गुठीयार खलक, अगाडी केराको बोट बोक्ने तेस्रो वर्ष पालो पर्ने गुठीयार खलक, पछाडी केराको बोट बोक्ने चौथो वर्ष पालो पर्ने गुठीयार खलकहरू मध्ये एक/एक जना हुन्छन् । ती समुहले फूलपाती बोकेर भीमेश्वर मन्दिर परिक्रमा गरेर दाफा भजन कृतन, वाजा गाजा, नगरा बजाई नकिन थाकली गुठीयार, माहाने, थरी गुठीयारको लावालस्करले तलेजु भवनी/राजकुलेश्वर मन्दिर गएर फूलपाती विधिवत रुपमा भित्र्याइन्छ ।

-भरत बहादुर श्रेष्ठ
भीमेश्वर मन्दिर गुठि तथा पुजा व्यवस्थापन समिति, अध्यक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Testing

Testing

Testing period
भीमसेनको महिमा

भीमसेनको महिमा

भीमसेनको महिमा नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका  छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो...
Test on the way

Test on the way

Here is the testing going on !!
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्र...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search