Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

जुत्ता नभएको केटो ( सत्य घटनामा आधारित लघुकथा )

Advertisement
                  -प्रा. डा. श्याम  जोशी
दसैं त्यसै पनि रमाइलो चाड हो। त्यस्माथी दिनहुँ मासु खान पाइने र नयाँ लुगा लगाउन पाइने भएकोले बाल्यकालमा राम लगायत दोलखा सहरका केटाकेटीहरूलाई  दसैंको व्यग्र प्रतीक्षा ह्न्थ्यो।उस्बेला चाडपर्व बाहेक अरु बेला मासु पाइदैन थियो।लुगा पनि भए सम्म पुरानै टालेर लगाउने चलन थियो।त्यसैले केटाकेटीहरु लाई त रोमान्चक हुन्थ्यो दसैं शब्द नै पनि।
रामको बुबा तानसेनमा कार्यरत हुनुहुँदा भारतको नौतनवा बजार बाट लुगा किनेर पठाइ दिनु हुन्थ्यो। उनले छाँट परेको राम्रो लुगा अरुको आँखा लाग्ने गरि लगाउँथ्यो ।बुबा सेवानिवृत्त हुनु भए पछि गाउँको  बजार मै किन्नु पर्ने भयो ।
एक साल दसैंमा राम ९ बर्ष को हुँदा उस्को मुमाले धुलिखेलको गोपि साहुको पसल बाट कमेज र पाइन्ट को कपडा किनिदिनु भयो। गाउँमा कपडाको राम्रो दोकान त्यही मात्र थियो। अब कमेज पाइन्ट लगाउन त जुत्ता पनि चाहियो। तर गोपि साहु लगायत अरु कसैको पसलमा पनि उसलाई मिल्ने जुत्ता पाइएन।पसलमा जुत्ता कि त ठूलो कि त सानू थिए।राम लाई सारै रुन मन लागेर आयो। पसलमै नपाए पछि उसले मुमा संग कच् कच गर्ने कुरा पनि भएन। त्यसैले उ मन नमानेपनि चित्त बुझायर बस्यो।
हुन् त त्यसबेला सम्म जुत्ता नलगाउनु त्यति ठूलो इज्जतै जाने कुरो थिएन । किनकी तस्बेला सम्म जुत्ता लगाउने त्यति व्यापक भइसकेको थिएन। अलि हुनेखानेले मात्र लगाउँथे । यो कुरा राम लाई राम्रोसँग थाहा थियो।उसलाई आफ्नो बिचार पुष्टि गर्ने एउटा घट्नाको याद आयो।
एक दिन राम आफ्नो टोलको ठूलो आगनमा कान्छी काकी संग कुरा गरिरहेको थियो। यौटी केटी रबरको चप्पल प्याट प्याट बजाउँदै पश्चिम तिर बाट आइन र पुर्व तिरको ओरालो बाटो तिर गइन। कान्छी काकीले त मुन्टो बटारेर आँखा तर्दै भन्नू भयो – “कस्तो आइमाई भएर पनि लाज नभएको, चप्पल पो लगाउँदी रहिछ।” रामलाई अचम्म लाग्यो र सोध्यो – के जुत्ता लगाउनु हुँदैन र काकी ? मैले पनि त जुत्ता लगाउँछु नि। काकीले भन्नू भयो – “कस्तो कुरा नबुझेको लाटा, लोग्नेमानिसको कुरा बेग्लै नि”।उसलाई याद आयो वास्तवमा काकीले पनि त्यसबेला सम्म जुत्ता लगाउनु हुदैन थियो।
अब रामले आमा सङ्ग गएर दशैको लुगा एकजना सुचिकारकोमा सिलाउन दियो। सुचिकारले उसको शरीरको नाप लियो र तयार गरि दिने मिति पनि तोक्यो।उस्बेला सहरमा जान्ने नजान्ने गरेर मुस्किलले ४/५ जना मात्र सुचिकार थिए होलान्। लुगा कहिले तयार होला भन्ने उसलाई ठूलो खुल्दुली भइरहेको थियो। त्यसैले बेला बेलामा सिएछ कि भनेर बुझ्न र ताकेता गर्न जान्थ्यो।आखिर लुगा भनेकै मितिमा तयार भयो। घरमा लगेर लगाएर हेर्‍यो, शरीरमा ठिक संग मिलेको थियो।आमाले “मिलेको पनि छ , क्या चटक्क सुहाएको पनि छ तिमी लाई” भनेर फुर्काए पछि उ झनै दङ्ग पर्यो। त्यसपछि मुमाले बाकसमा थन्काउनु भयो पुजाको दिन लगाउनु पर्छ है बाबु भनेर।
अब उसले व्यग्र संग पूजाको दिनको प्रतीक्षा गर्न थाल्यो।मुमाले  पूजाको दिन बिहानै लुगा झिकेर दिनु भयो तर फेरि बोका पुजा गर्न जाने बेला मात्र लगाउ भन्नू भयो।बोका पुजा गर्न जान त नातेदार सबै भेला हुँदा १०/११ बजे हुन्थ्यो। रामलाई कहिले लुगा लगाउं भएर आयो।हैन एक पटक लगाएर हेर्नु पर्यो भन्ने भएर आयो र बिस्तारै लगायो। उसले लुगा लगाएको मुमाले देख्नु भयो, फिस्स हाँस्नु भयो तर केही भन्नू भएन।उ बाहिर निस्क्यो र ठिक पारेर मुमा लाई पुजा गर्न जान सबै आएकी आएनन् हेरेर आउँछु भन्यो।
बाहिर गए पछि उसलाई एकपटक बजार पनि पुगेर आउन त नयाँ लुगा लगाएर भन्ने मनमा आयो र बिस्तारै गयो। उसको मनमा जुत्ता नलगाएको कुरा बिर्सन खोजे पनि घरी घरी आइरहेको थियो। कतै कसैले जिस्क्याउने पो हो मि भन्ने पनि डर भइराखेको थियो।माथिल्लो टोलको छेउमै उस्बेलाको प्रख्यात चाकुबजी साहुको पसलमा उसको मामा  साइनो पर्ने ज्ञान कृष्ण बसिराख्नु भएको रहेछ। उसलाई देख्ना साथ जिस्काइ हाल्नु भयो –
“ओहो बच्चाले त नयाँ लुगापो लगाएर आएछ , अनि जुत्ता चै खै त? जुत्ता नभएको केटा।”
अब रामको  हालत कस्तो भयो होला सजिलै अनुमान गर्न सकिन्छ। उ त लाजले पानी पानी  भयो।एक्छिन अगाडि नयाँ लुगा लगाएर प्रफुल्ल भएर बजार गएको थियो, मुख निन्याउरो गरेर घर फर्क्यो।#
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Testing

Testing

Testing period
भीमसेनको महिमा

भीमसेनको महिमा

भीमसेनको महिमा नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका  छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो...
Test on the way

Test on the way

Here is the testing going on !!
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्र...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search