शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

चुडामणि स्तम्भ (चुल्काप्सीँ) सिन्धुलीबाट दोलखा भीमेश्वर सम्मको यात्रा

Advertisement

-भरत बहादुर श्रेष्ठ (दोलखा भीमेश्वर गुठि व्यवस्थापन समितिको अध्यक्ष)

दोलखा । मन्दिर पछाडी रहेको सालको ९÷९ इन्चको लम्बाइ र चौडाइ, ३२ फीटको उचाइ रहेको चुलीका सिं (चुडामाणी स्तम्भ) ठड्याइएको छ । यो चुडामणीको महिमा ठुलो छ । भीमसेनलाई इश्वरको रुपमा रुद्री गरीन्छ, भीमनारायणको रुपमा राज पुजा गरिन्छ, भीम भैरवको रुपमा वा भगवतीको रुपमा मेष बली पनि दिइन्छ, यो भीमसेनलाई भक्तजनहरुले आ–आफ्नो भक्ति अनुसार विभिन्न रुपमा पुजा गरिने भएकोले यो चुडामणी स्तम्भ स्थापना गरिएको पाईन्छ ।

मेषबली दिदा भीमेश्वर शिलामा विशेष मुकुट (भगवतीको मुकुट) पहि¥याइ सेतो खाताले (सेतो कपडा) ले बेह्री चुडामणीमा लगेर बाँधिन्छ अनिमात्र मेष बली दिइन्छ । त्यसै गरि रुद्र महादेवको रुपमा रुद्रि गर्दा डिकी डोरा (काँचो धागोले निर्मित डोरा) भीमेश्वरको शिलाबाट उक्त स्तम्भमा बाँधिन्छ । यसो गर्नुको तात्पर्य के हो भने भक्तजनहरुले जुन भगवानको आरधाना गर्छन सोहि भगवान त्यस कापडाको मार्ग भएर शिलामा विराजमान हुन्छ र अन्य भगवान चुडामणी स्तम्भको आसनमा गएर बस्छ भन्ने जनविश्वस रहेको  छ ।

यो स्तम्भ सालको काठबाट निर्मित भएको हुनाले निश्चित अवधिमा ढल्छ र स्तम्भ फेर्नु पर्दछ । भीमेश्वरमा भएको अभिलेख अनुसार ने.सं. ७७४ (वि.सं. १७११), ने.सं. ८३६ (वि.सं. १७७३), श्रीशाके सं. १६९१ (वि.सं. १८२६), श्रीशाके सं. १७५८ (वि.सं. १८९३) र वि.सं. २००९ साल असारमा फेरीएको हो र करिव ६१ साल पछि २०७० चैत्र महिनाको २० गते सो चुडामणी स्तम्भ ढल्यो र विधि विधान पूर्वक दोलखा जिल्ला शहरे गाविस वडा नं. ५ स्थित इन्द्रवती तिलखोरिया सामुदायीक वन समूहको सहयोगमा प्राप्त सालको रुखबाट स्तम्भ निर्माण गरि भीमेश्वर नगरपालिका वडा नं. २ घर भै हाल काठमाडौं लाजिम्पाट निबासि श्री नरेन्द्रबहादुर श्रेष्ठ सहित उहाँका परिवारको संयुक्त सहयोग तथा जिल्लाका प्रशासनीक निकायहरु, नेपाली सेना, नेपाल प्रहरीको विशेष सहयोगमा मिति २०७० साल चैत्र २३ गतेका दिन स्तम्भ पुनः प्रतिस्थापना गरिएको थियो ।

 

सालहरुमा यो स्तम्भ फेरिएको प्रमाणहरु पाइन्छ । यसरी अनुमान गर्दा करिव करिव ५० देखि ७० वर्षको अन्तरालमा चुडामणी स्तम्भ फेरिएको देखिन्छ । चुलिका सिँ (चुडामणी) को नाप वा लक्षण जमिन मुनी ५ हात करिव ८ फिट र जमिन भन्दा माथी देखिनु पर्ने १६ हात करिव २७ फिट यति प्रमाणको हुनु पर्दछ । रुख ढाल्दा छिप्पीएको साल जातको रुख छानेर अधिल्लो दिन पञ्चोपचारपूजा दीपमाला गर्नु पर्दछ ।

भोली सवेरै शुभ साइतमा बलिपूजा गरी रुखको जरा खनी रुख ढाल्नु, चुलका सिँ (चुडामणी खम्बा) बाटोमा ल्याउँदा जहाँ जहाँ रात बस्यो दिन पिच्छे बली पूजा गर्नु, प्रतिस्थापन गर्दाका दिन विधिले स्थापना गरेका दिन यज्ञ होम गर्नु, भोलीपल्ट १ जोर राँगा यथा विधिले सव गणदेवतालाई पूजा गर्नु पर्दछ ।

यसै सिलसिलामा अहिले भैरहेको चुलिका सिँ (चुडामणि स्तम्भ)। हालको यो स्तम्भ तत्काल स्थापना गर्नु पर्ने भई सेतो कलिलो साल जातको रुखको भएकोले अहिले नै मक्किएर ढल्न सक्ने अवस्थामा रहेकोले स्तम्भ तयारी अवस्थामा राख्नको लागि सिन्धुली जिल्लाको कमलामाइ नगरपालिका वडा नं. ६ स्थित श्री नं. ९ बाहिनी अड्डा, माझिटार व्यारेकका बाहिनी पतिज्यूको विशेष पहल सकृयतामा सोही ब्यारेक परिसरमा रहेको रातो साल जातको रुख उपलब्ध भै विधि विधानबाट मिति २०८१ बैशाख ५ गते रातभर चाकमत बत्तीबाली ६ गते विहान शुभ साइतमा तान्त्रिक विधिबाट बली पूजा सहित उक्त रुख ढालिएको र उक्त रुखलाई चुलिका सिँ (चुडामनि स्तम्भ) को नापमा तयार गरि सकेको र नेपाल सरकारको नियमानुसार सम्पूर्ण कार्य पूरा गरी यहि मिति २०८१ साल भाद्र ३१ गतेको शुभ साइतमा दोलखा भीमेश्वर ल्याउन दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष श्री विराजमान श्रेष्ठको नेतृत्वमा नेपाली सेना गरुड दल गणका प्रतितिधी सहित सिन्धुली पुगेको थियो ।

मिति २०८१ साल भाद्र ३१ गते दिउँसो ५: ३० बजेको सुभ साइतमा तयार गरी राखिएको चुलिका सिँ (चुडामनी स्तम्भ) लाई श्री नं. ९ बाहिनी अड्डा, माझिटार व्यारेकका सेनाहरुको सहयोग र स्थनिय समुदायहरुको सहयोगमा ४१ फिट लम्बाइ र १५/१५ इन्चको मोटाइ भएको करिव ५/६ टन बराबरको उक्त खम्बा टेलरमा राख्न क्रेनको प्रयोग भएको थियो ।

मध्य रातको करिव ११:४५ बजे सेनाको स्कटिङमा सिन्धुलीबाट दोलखा तर्फ प्रस्थान भएको थियो भने रातभर यात्रा गरेर करिब विहानको ११:१५ बजे दोलखा पाखलती पुगेको थियो ।

उक्त स्तम्भको यात्रामा दोलखा जिल्लाको किर्नेटार देखि दोलखा पाखलती सम्म नेपाली सेना गरुड दल गणबाट स्कटिङ भएको थियो । दोलखामा उक्त स्तम्भ पुगे पछि बाजा गाजा र भजन टोलीबाट स्वगत भएको थियो ।

दोलखामा उक्त स्तम्भ अनलोड गर्न दोलखा सडक विभागका लोडरको सहायताले र गरुड दल गणका नेपाली सेनाको टोलीको सहयोग भएको थियो । पाखलतीबाट मन्दिर सम्म लानको लागि नेपाली सेना गरुड दल गणका करिव ६०/६५ जना र शसस्त्र प्रहरी बल चरिकोटका 6/7 जना र स्थनिय समुदायको सहयोगमा दिउँसोको १ बजेबाट साँझको ६ बजेसम्मको करिव ५/६ घण्टा लगाएर मन्दिर परिसरमा पुर्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Testing

Testing

Testing period
भीमसेनको महिमा

भीमसेनको महिमा

भीमसेनको महिमा नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका  छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो...
Test on the way

Test on the way

Here is the testing going on !!
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्र...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search