१ कात्तिक २०८१, दोलखा । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर पश्चिमी वायु बागमती, कोशी तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
विभागका अनुसार मधेशका साथै लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारण बदली रहेको बताएको छ । देशका बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ ।त्यसैगरी गण्डकी, कोशी, बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।




