६ कात्तिक, दोलखा । आइतबार र सोमबार घटेको शेयर बजार आज २५.८८ अंकले बढेको छ ।
अघिल्लो दिनको तुलनामा नेप्से बढेसँगै २६६५ मा कायम भएको छ । ११९ कम्पनीको मूल्य बढ्दा ४० को घट्यो भने ५ को स्थिर रह्यो ।
कारोबार रकम अघिल्लो दिनको तुलनामा आज घटेको छ । अघिल्लो दिन ५ अर्ब ९० करोड कारोबार भएकोमा यस दिन ४ अर्ब १७ करोडको भयो ।
फाइनान्स समूहको सूचक सबैभन्दा धेरै ३.०३ प्रतिशत बढ्यो । बैंकिङ ०.६८, विकास बैंक १.२५, होटल तथा पर्यटन ०.४४, हाइड्रोपावर १.४२, लगानी ०.९२, जीवन बीमा ०.४९, उत्पादन २.१४, माइक्रोफाइनान्स ०.६६, निर्जीवन बीमा ०.६१, अन्य १.०२ र व्यापार समूह ०.९० प्रतिशत बढे ।
रावा इनर्जीको मूल्य ८.८६ प्रतिशत बढ्यो । मनकामना इन्जिनियरिङको ७.८२, थ्रीस्टार हाइड्रोपावरको ६.३६, माहुली लघुवित्तको ६.१० तथा मैलुङखोला जलविद्युतको ६.०९ प्रतिशत मूल्य बढ्यो । विन नेपाल लघुवित्तको मूल्य ४.७५ तथा सिकलेस हाइड्रोपावरको २.५० प्रतिशत घट्यो ।






