-लक्ष्मण थामी
थामी समुदायको धर्मग्रन्थ (सिलोके पालाखे) को राष्ट्रिय स्तरमा परिस्कृत संस्करण प्रकाशनमा आएको छ । जसको एक कार्यक्रमकाबीच काठमाडौंमा विमोचन गरियो । धेरै जिल्लाका श्रोतव्यक्ति (गुरुवोन) हरुबाट संकलित र उहाँहरुसँगको सामुहिक छलफल, बहस र अन्तरक्रियाको बीचबाट तयार पारिएको यो सिलोके पालाखे धेरै परिस्कृत भएर आएको छ ।
नयाँ विषय के थपिए र कति परिस्कृत भयो भन्ने कुरा स्पष्ट हुँदै जानेछ । यो धर्मग्रन्थको विशिष्ट एवं ऐतिहाँसिक महत्वको सन्दर्भमा आगामी दिनमा थप चर्चा र बहस पक्कै हुनेछ र हुनुपर्दछ । अब हामी यसको प्रभावकारी कार्यान्वयन गर्दै प्रवद्र्धन र पुस्तान्तरणको अभियानमा जुट्नु पर्दछ ।
यो ऐतिहाँसिक कार्यका लागि विगु गाउँपालिका, नेपाल थामी समाज र सबै श्रोतव्यक्ति तथा अग्रजहरुप्रति धन्यवाद एवं आभार प्रकट गर्न चाहन्छु । संकलन र लेखनका क्रममा त्रुटिकमजोरी भएको भए क्षमाप्रार्थी छु ।
जे होस् हाम्रो बिशिष्ट ऐतिहाँसिक, धार्मिक–साँस्कृतिक, एवं भाषिक पहिचान संरक्षण र पुस्तान्तरणको बलियो जग तयार भएको छ । यो गौरबपुर्ण उपलब्धिमा यहाँहरु सबैसँग खुसी बाँड्न चाहन्छु । माया, हौसला, सहयोग र सद्भावका लागि सबैलाई धेरै धेरै धन्यवाद ।






