शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

धान बाली भित्र्याउने समयमा झरी परेपछि दाेलखाकाे किसान चिन्तित

Advertisement

– महेन्द्र श्रेष्ठ (प्रधान सम्पादक)

कात्तिक १९,दाेलखा । धान बाली भित्र्याउने समयमा झरी परेपछि दाेलखाकाे किसान चिन्तित भएका छन् । किसानले काटेर खेतमा सुकाएको धान भित्र्याउन नपाउँदै खेतमै झरीले भिजाएपछि चिन्तित भएका हुन् । धेरैजसो किसानको काटी सकेको धान खेतमै भिजाएको छ भने थारैजसोले दशैँअघि नै धान भित्र्याइसकेका छन् । किसान यतिबेला लगातारको झरीले बर्खाभरी गरेको महिनेत खेर जाने हो कि भन्ने चिन्तामा छन् ।

जिल्लाका धेरैजसो ठाउँमा मौसम बदली सँगै तीन दिन देखि झरी परे पछि किसानलाई पाकेको बाली कसरी घर सम्म ल्याउने भन्ने चिन्ता थपिएको हो ।
चाडबाडको व्यस्तता सँगै काम गर्न जनशक्तीको अभाव खेपीरहेका किसानलाई धान थन्क्याउने समयमा झरी परेपछि थप समस्या भएको भीमेश्वर नगरपालिका –२, दोलखाका ठुलोकान्छा थामीले  गुनासो गर्नुभयो । “  दुइ मुरी  भन्दा बढी खेतको धान झरीले भिजायो । तिहारपछि थन्क्याउन हुन्छ भनेर दशैपछि काटेको धान खेतमै छ । बर्षभरी खाने धान झरीले सखाप पा¥यो । हामी त बाजेको पालादेखि कृषि मै निर्भर छौँ, ” उहाँले भन्नुभयो ।

उहाँसँगै छरछिमेकको पनि उस्तै हाल छ । पानी परे पछि कतिपय किसानलाई काटेको धान खेतमा उम्रने चिन्ता छ भने कतिपयलाई धान कसरी भित्रियाउने भन्ने चिन्ता बढेको छ ।


फाँट तथा पहाडी क्षेत्रका खेत काम गर्न नमिल्ने गरी हिलाम्मे भएको भिमेश्रर नगरपालिका  ३   काे किसान भरत चाैलागाईकाे भनाई छ । यता कृषी विकास कार्यालय रामेछापले मौसम हेरेर धान काट्न किसानलाई अनुरोध गरेको छ । धान थन्क्याउने बेला क्षती भएमा जिल्लामा झन खाद्यन्न समस्या आउने भएकाले मौसमविदले जारी गर्ने सुचना हेरेर धान काट्न किसानलाई कृषी विकास कार्यालय बिदहरूकाे भनाइ  छ ।

जिल्लामा यस वर्ष २१९१०० हेक्टर जम्मा क्षेत्रफल मध्य २१९१  बर्ग किमि धान खेती गरिएकोमा ८ सय ५४ हेक्टर धान बाली लगाइएको खेती बाढीले क्षती गरेको छ । भित्रियाउने बेला पनि मौसमले साथ नदिई क्षतीको संभावना बढ्दा जिल्लामा खाद्यन्न अभाव हुने निष्चित जस्तै भएको धेरैको बुझाई छ ।
जिल्लाको सेडा बेसी फाँट, भिमेश्रर नगरपालिका वडा नं जिलु, वडा नं २ जिलु लगाएत धेरै ठाउमा धानखेती गरिन्छ ।

भिमेश्रर नगरपालिका वडा नं २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठको भनाइ अनुसार “यस्तै हुन्छ भनेर छिटो छरितो हाेस हाेस भनेर वडाको पहलमा कृषि सडक संचालन गरेको” बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Testing

Testing

Testing period
भीमसेनको महिमा

भीमसेनको महिमा

भीमसेनको महिमा नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका  छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो...
Test on the way

Test on the way

Here is the testing going on !!
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्र...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search