शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

प्राचिन शहर दाेलखामा रहेको पुस्तकालय ९ नाै बर्ष पछि पुर्ण निर्माण

Advertisement

२७, पौष दोलखा । २०७२ सालको आम विनाशकारी भुकम्पले ध्वस्त भएको दोलखाकै पुरानो भीम पुस्तकालयको पूनःर्निर्माण सम्पन्न भएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर दुई को ऐतिहासिक दोलखा नगरी मा अवस्थित सो पुस्तकालयको पूनर्निर्माण सम्पन्न भए पश्चात शनिवार उद्घाटन गरिएको हो ।

  रुपा फाउन्डेशनद्वारा १५ लाख ५० हजारको लागतमा पुस्तकालय भवनको पूनर्निमार्ण गरिएको भीम पुस्तकालय ब्यवस्थापन समितिका संयोजक रत्न श्रेष्ठले जानकारी दिनुभयो । शनिवार नवनिर्मित पुस्तकालय भवनको बागमती प्रदेश सभाका सांसद भरतबहादुर केसीले उद्घाटन गर्नु भयो ।

भवनको उद्घाटन सँगै भीम पुस्तकालय पूनः सञ्चालनमा आएको छ । उद्घाट समारोहमा रुपा फाउन्डेशनका संस्थापक एवं समाजसेवी  आत्मकृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियो ।

उद्घाटन समारोहमा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धर,उपप्रमुख कमला बस्नेत, रिड नेपालका अध्यक्ष भोला श्रेष्ठ, भीमेश्वर नगरपालिका वडा नम्बर दुईका वडाध्यक्ष स्टालिन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

भवन निर्माणसम्पन्न भइसकेकोले अव पुस्तकालय लाई आधुनिक ढंगले ब्यवस्थित रुपमा सञ्चालन गर्ने तथा दोलखाको बारेमा अध्ययन गर्न चाहनेहरुकालागि स्रोत केन्द्रको रुपमा विकास गरिने लक्ष्य रहेको भीम पुस्तकालयका संयोजक रत्न श्रेष्ठले जानकारी दिनुभयो ।

प्राचिन शहर दाेलखामा रहेको पुस्तकालय ९ नाै बर्ष पछि पुर्ण निर्माण ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Testing

Testing

Testing period
भीमसेनको महिमा

भीमसेनको महिमा

भीमसेनको महिमा नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका  छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो...
Test on the way

Test on the way

Here is the testing going on !!
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्र...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search