२७ चैत्र, काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठकले सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समिति गठन हुनुपर्ने निर्णय गरेको छ । मंगलवार संसद् भवनमा बसेको संसदीय दलको बैठकले कांग्रेस संसदीय छानबिन समिति बाट पछाडि नहट्ने निर्णय गरेको हो। बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठन हुनुपर्ने नेपाली कांग्रेसको मागलाई संसदीय दलले उचित छ भन्ने ठहर गरेको जानकारी दिए । संसदीय बैठकले वर्तमान सरकार सहकारीबाट पीडित भएका लाखौँ नागरिकप्रति गम्भीर र संवेदनशील हुन नसकी गैर जिम्मेवार भएको ठहर पनि गरेको छ। नेपाली कांग्रेसले संसदीय समितिका बैठकहरुमा अनिवार्य रुपले…
२४ चैत्र, काठमाडौं - प्रतिनिधिसभा र प्रदेश सभा उपनिर्वाचनमा मनोनयन दर्ता गर्ने समय सकिएसँगै ३२ जनाको मनोनयन दर्ता भएको छ । आगामी बैशाख १५ मा हुन गइरहेको इलाम २ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि २० जनाले मनोनयन दर्ता गराएका छन् भने बझाङ प्रदेश सभा १ को उपनिर्वाचनका लागि १२ जनाले मनोनयन दर्ता गराएका छन् । आयोगले शान्तिपूर्ण रूपमा मनोनयन दर्ता भएको जनाएको छ । 'प्राप्त विवरण अनुसार इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएको छ । मनोनयनपत्र दर्ता गर्ने २० जना सबै पुरूष रहनु…
चैत्र २३, सुनसरी - सुनसरी प्रशासनले जिल्लाका पाँच वटा स्थानीय तहमा कर्फ्यु आदेश जारी गरेको छ । शुक्रबार मध्यान्ह १२ बजेदेखि हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका वडा नम्बर १ र ७ मा निषेधाज्ञा जारी गरेको थियो । तर स्थिति नियन्त्रणमा लिन समस्या भएपछि अहिले साँझ ५ बजेदेखि पाँच स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो । शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्यनजर राखी सम्भावित क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न हरिनगर, देवानगञ्ज, कोशी, भेक्राह नरसिंह र सदरमुकाम इनरुवा नगरपालिका क्षेत्रमा कर्फ्यु लगाइएको सुनसरी प्रशासनले जानकारी दिएको छ । कर्फ्युका क्रममा अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरीबाहेक आवतजावत गर्न, भेला हुन र सामुहिक रुपमा गरिने कुनै…
चैत्र २२, धनगढी - सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले बिहीबार बेलुका प्रदेश प्रमुख नजिर मियाँ समक्ष राजीनामा बुझाएका हुन् । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको थियो । तर मुख्यमन्त्रीकै आग्रहमा साँझ ५ बजेसम्मका बैठक सारिएको थियो । विश्वासको मत पाउने सम्भावना नभएपछि बैठक अघि उनले राजीनामा दिएका हुन् । अन्तिम समयमा नागरिक उन्मुक्ति पार्टीका सबै सांसदको साथ पाउने अपेक्षा मुख्यमन्त्री शाहको थियो । तर सो पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षधर सांसद कैलाश चौधरी र टीका थापा काठमाण्डौंबाट नआएपछि उनले राजीनामा दिएका हुन् । नागरिक उन्मुक्तिका सातै…
चैत्र २१, काठमाडौं - नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहित संघमा बनेको गठबन्धनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन नगर्ने निर्णय गरेको छ। धुम्बाराहीमा बुधबार बसेको पार्टी पदाधिकारी बैठकले अहिले संघीय सरकार बनाएको गठबन्धनलाई सहयोग गर्न नसकिने निष्कर्ष निकालेको हो । राप्रपाले नेपाली कांग्रेस नेतृत्वका प्रदेश सरकारलाई भने समर्थन गर्ने संकेत गरेको छ। ‘प्रदेशहरूमा एमाले-माओवादी गठबन्धनलाई सहयोग गर्दैनौं,’ प्रवक्ता मोहन श्रेष्ठले भने, ‘कांग्रेस नेतृत्वका सरकारलाई समर्थन चाहिए सहयोग गर्छौं तर राप्रपा सरकारमा भने सहभागी हुँदैन।’
१६ चैत्र, काठमाडौं - नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिन प्रदेशसभा संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन दिएकी छन् । सुदूरपश्चिममा कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई समर्थन कायम राख्ने वा बाहिरिने भन्नेमा आन्तरिक विवादमा फसेको नागरिक उन्मुक्ति पार्टी अध्यक्ष शुक्रबार दलका नेतालाई पत्र लेख्दै उक्त निर्देशन दिएकी हुन् । ‘१४ गते बुधबार टीकापुरमा बसेको केन्द्रीय कमिटीको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएअनुसार सोहीबमोजिम सरकारबाट समर्थन फिर्ता लिन, सरकारबाट बाहिर आउन निर्देश गर्दछु,’ शुक्रबार उनले लेखेको पत्रमा उल्लेख छ, ‘अन्यथा पार्टीको विधान आकर्षित गरिनेछ ।’ यसअघि बैठकको निर्णय सार्वजनिक भएलगत्तै प्रदेशसभामा पार्टीका संसदीय दलका…
१३ चैत्र, काठमाण्डौं - सर्वोच्च अदालतले हतियारसहित पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अंगरक्षक लाई रिहा गर्न आदेश दिएको छ । यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले चैत ५ मा सर्वोच्च प्रवेश गर्ने क्रममा पक्राउ परेका प्रसाईंका अंगरक्षकद्वय दीपक खड्का र रामकुमार धिमाल लाई तत्काल थुनामुक्त गर्न मंगलबार आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, 'हतियार इजाजतपत्रको सर्तबमोजिम बोकी हिँडेको कार्यलाई प्रचलित कानुनले कसुर कायम गरेको नदेखिएको हुँदा यी निवेदकलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १३२ को कसुरमा जरूरी पक्राउ पुर्जी जारी गरी पक्राउ गरेको तथा काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरेको समेतको अनुसन्धान तहकिकातको कार्य…
१२ चैत्र, काठमाडौं - नेपाल टी-२० लिगमा स्पट फिक्सिङको आरोप लागेका पाँच क्रिकेटरले काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले स्पट फिक्सिङको आरोप लागेका क्रिकेट खेलाडी र व्यवस्थापकविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको दाबी नपुग्ने भन्दै सफाइ दिने फैसला गरेको हो । अघिल्लो वर्ष पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टी-२० का खेलमा स्पट फिक्सिङ भएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले अनुसन्धान अघि बढाएको थियो। जसमा सिआइबीले नितेश गुप्ता, पूर्व खेलाडी महबुब आलम र आदिल अन्सारीलाई पक्राउ गरेको थियो। नवीन कँडेल र रवि माझी फरार थिए। उनीहरू तीन जनालाई अदालतले गत वर्ष…
११ चैत्र, काठमाडौं - नेकपा एमालेले बैशाख १५ गते हुने उपनिर्वाचनमा उम्मेदवार टुंगो लगायको छ । आइतवार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले इलाम-२ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवाषचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो निर्वाचनन क्षेत्र रिक्त बनेको थियो । एमालेले स्वर्गीय नेम्वाङकै कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठकले बझाङ प्रदेश-१ को उपनिर्वाचनमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय पनि गरेको छ । दुवै उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउने अभियानमा सिंगो पार्टी पंक्तिलाई जुट्न र अन्य दलहरुको पनि सहयोगका लागि बैठकले अपिल…
८ चैत्र, काठमाडौं - सञ्चार माध्यममा आउने विषयवस्तुको नियमन गर्ने गरी देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको विषयमा आलोचना भएपछि गृह मन्त्रालयले स्पष्टीकरण दिएको छ । बिहीबार साँझ एक विज्ञप्तिमार्फत मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सञ्चार माध्यममा आएको परिपत्र चैत ६ गते तयार गरिएको मस्यौदा मात्र भएको जनाइएको छ । "मस्यौदाको बुँदा नम्बर १ को १.३ र बुँदा नम्बर २ को २.१ मा उल्लेख भएको विषयमा आम सञ्चारकर्मी तथा सम्बद्ध पक्षले व्यक्त गर्नुभएको चासो तथा सरोकार प्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ," विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले चैत ६ गते कुनै परिपत्र जारी नभएको बताएको छ । सञ्चार माध्यममा प्रकाशित सरोकारलाई समेत मध्यनजर गरी मस्यौदामा उल्लेख भएका उक्त बुँदाहरू हटाएर…