शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

Breaking News 1

भीमसेनको महिमा

भीमसेनको महिमा

भीमसेनको महिमा नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका  छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो संरक्षक देवताको रूपमा पूजा गर्छन् जसले उनीहरूलाई व्यापारको माध्यमबाट धन प्राप्त गर्न मद्दत पुर्याउँछ। त्यसैले काठमाडौं उपत्यकाका हरेक किनारामा भीमसेनको चित्र वा मूर्तिहरू देख्न सकिन्छ । नेवारहरूको बसोबास रहेको काठमाडौँ उपत्यकाभित्र र बाहिर पनि भीमसेनका थुप्रै तीर्थस्थलहरू र सुव्यवस्थित मन्दिरहरू छन्। यहाँ यो ध्यान दिनु जरुरी छ कि भीमसेनको यो महिमा  भारतमा अज्ञात छ यद्यपि केही भन्छन् कि भिमसेनलाई मध्य भारतका केही भागहरूमा केही आदिवासी जनजातिहरूले पूजा गर्छन्। भीमसेन सम्प्रदायको पुरातनता स्पष्ट रूपमा नायक पूजासँग सम्बन्धित हुनसक्छ ।  किनकि उनी महाभारत…
Read More
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यबारे विरोधीहरुले अनावश्यक हल्ला फैलाएको गुनासो गरेका छन् । सोमबार सूर्यविनायक नगरपालिका कार्यपालिकाको प्रशासकीय भवन समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफूलाई रुघा लाग्दा पनि आईसीयूमा राखेको भेन्टिलेटरमा राखेको तस्बीर सार्वजनिक गर्ने गरिएको गुनासो गरेका हुन् । ‘मलाई रुघाखोकी अलिक नराम्रोसँग लाग्यो । तर, मलाई रुघाखोकी यसो के हाच्छ्यु गरेको देख्यो भने आईसीयूको भेन्टिलेटरमा राखेको, आईसीयूमा अक्सिजन माक्स लगाएको फोटो आईहाल्छ । तपाईहरुले पनि देख्नुभयो होला । तपाईहरुले पनि सुन्नुभयो होला । मलाई रुघा लागेको थियो । अहिले पनि…
Read More
-महेन्द्र श्रेष्ठ ०८ माघ २०८१, दोलखा । नेकपा एमाले, दोलखा जिल्ला कमिटीको पाचौँ बैठकले तय गरेका ' वडास्तरीय ३ महिने अभियान´ र `समृद्ध दोलखा, सुखी दोलखाली´ अभियानको कार्ययोजनालाई प्रभावकारी ढड्गले परिचालन गर्ने निर्णय गर्दै नेकपा एमाले जिल्ला कमिटी दोलखाको सचिवालयको दोस्रो बैठक मिति २०८१ साल माघ ७ गते सम्पन्न भयो । बैठकले नेकपा एमालेले सम्पन्न गरेको मध्यपहाडी लोक मार्ग केन्द्रित समृद्धि यात्राको क्रममा र सर्वदलीय राजनीतिक नेतृत्वबाट सम्माननीय प्रधानमन्त्री तथा नेकपा एमालेका श्रद्धेय अध्यक्ष केपी शर्मा ओली समक्ष पेश गरिएको मागहरुमध्ये चीन र भारत जोड्ने त्रिदेशीय उत्तर-दक्षिण लोकमार्ग (लामाबगर-भिट्टामोड)लाई राष्ट्रिय गौरवको योजनामा समावेश गरी बजेट विनियोजन गरेकोमा नेपाल सरकारलाई हार्दिक…
Read More
वडा अध्यक्ष कप दोस्रो जिल्ला ब्यापि मा.वि स्तरीय छात्र फुटबल प्रतियोगिता २०८१ सम्पन्न

वडा अध्यक्ष कप दोस्रो जिल्ला ब्यापि मा.वि स्तरीय छात्र फुटबल प्रतियोगिता २०८१ सम्पन्न

वडा अध्यक्ष कप दोस्रो जिल्ला ब्यापि मा.वि स्तरीय छात्र फुटबल प्रतियोगिता २०८१ माघ १ देखि सुरु भएको खेल ५ गते सम्पन्न भएको छ । यो खेल आयोजना गर्नु को मुख्य उदेश्य विद्यार्थीहरुलाई पठनपाठन सगै स्कुल स्तरबाट नै खेललाई प्राथमिकतामा राखेर खेल खेलाउने सिकाउने गरियो भने राम्रो खेलाडी उत्पादन गर्न सकिन्छ र पछि जिल्लामा खेलकुदको गतिविधि धेरै गर्न सकियो भने खेल मार्फत पर्यटन भित्र्याउन सकिन्छ भन्ने हो । यो कार्यक्रम उद्घाटन र समापनमा पाल्नु भएका प्रमुख अतिथी , बिशेष अतिथी लगाएत सम्पूर्ण अतिथीहरुलाई आफ्नो महत्त्वपूर्ण समयमा पनि उपस्थित हुनुभएकोमा हार्दिक आभारी छौ । फुटबल कार्यक्रम आयोजना हुनुभन्दा अगाडिदेखि सहयोग गर्नुहुने जिल्ला…
Read More
साहित्यिक पुरस्कार २०८१ शुशिला शर्मा न्यौपानेलाई प्रदान

साहित्यिक पुरस्कार २०८१ शुशिला शर्मा न्यौपानेलाई प्रदान

१ माघ २०८१। विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । साहित्यकार शर्मालाई दश हजार राशिसहित सम्मान पत्रले प्रदान गरिएको हाे। कला साहित्य र संस्कृतिको क्षेत्रमा कलम चलाउने एक जना स्रष्टालाई पुरस्कृत गर्दै आएको छ ।   समितिले २०६७ सालदेखि निरन्तर रुपमा एक जना स्रष्टालाई पुरस्कृत गर्दै आएको विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका संरक्षक चिरञ्जीवी मास्केले भन्नुभयो जन्म दिने र कर्म दिने दुवैआमाहरुको नाममा साहित्य पुरस्कार स्थापना गरेको पुरस्कार यो वर्ष उपन्यास,नाटक,कथा र कविताका क्षेत्रमा कलम चलाउँदै आउनु भएकी साहित्यकार शर्मालाई प्रदान गरिएको हो । अगिलाे बर्ष दाेलखाली छाेरा बरिस्ठ साहित्यकार अमर कुमार प्रधानले पाउनु भएको थियोे…
Read More
प्राचिन शहर दाेलखामा रहेको पुस्तकालय  ९ नाै बर्ष पछि पुर्ण निर्माण

प्राचिन शहर दाेलखामा रहेको पुस्तकालय ९ नाै बर्ष पछि पुर्ण निर्माण

२७, पौष दोलखा । २०७२ सालको आम विनाशकारी भुकम्पले ध्वस्त भएको दोलखाकै पुरानो भीम पुस्तकालयको पूनःर्निर्माण सम्पन्न भएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर दुई को ऐतिहासिक दोलखा नगरी मा अवस्थित सो पुस्तकालयको पूनर्निर्माण सम्पन्न भए पश्चात शनिवार उद्घाटन गरिएको हो ।   रुपा फाउन्डेशनद्वारा १५ लाख ५० हजारको लागतमा पुस्तकालय भवनको पूनर्निमार्ण गरिएको भीम पुस्तकालय ब्यवस्थापन समितिका संयोजक रत्न श्रेष्ठले जानकारी दिनुभयो । शनिवार नवनिर्मित पुस्तकालय भवनको बागमती प्रदेश सभाका सांसद भरतबहादुर केसीले उद्घाटन गर्नु भयो । भवनको उद्घाटन सँगै भीम पुस्तकालय पूनः सञ्चालनमा आएको छ । उद्घाट समारोहमा रुपा फाउन्डेशनका संस्थापक एवं समाजसेवी  आत्मकृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियो…
Read More
दाेलखामा भुकम्पकाे धक्का

दाेलखामा भुकम्पकाे धक्का

-महेन्द्र श्रेष्ठ २३ पौष २०८१, दोलखा । मानिस सडकमा निस्किए । दाेलखामा ठुलो भूकम्पको धक्का महसुस भएको छ । लामो समयसम्म भूकम्पको धक्का महसुस हुँदा सबै मानिस सडकमा निस्किएका छन्। पटकपटक गरेर लगातार ठूलो भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्किएका हुन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । भूकम्पविद् भरत कोइरालाका अनुसार ७ म्याग्निच्यूडको भूकम्प गएको हो । पछिल्लो केही महिनायता पश्चिम नेपालमा लगातार ४ म्याग्निच्यूडभन्दा माथिको भूकम्प गइराखेको थियो । बिहान भूकम्प आउँदा अधिकांश मानिसहरु सुतिरहेका थिए । भूकम्पले हल्लाएपछि मानिसहरु दौडेर सडकमा जम्मा भएका थिए ।…
Read More
नेकपा एमाले जिल्ला कमिटी दोलखाको बैठकले जारी गरेको सार्वजनिक महत्त्वका प्रस्तावहरू

नेकपा एमाले जिल्ला कमिटी दोलखाको बैठकले जारी गरेको सार्वजनिक महत्त्वका प्रस्तावहरू

नेपाली जनताको प्रिय पार्टी नेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौं पूर्ण बैठक २०८१ साल पुस १३ र १४ गते सदरमुकाम चरिकोटमा सम्पन्न भयो । नेकपा एमाले जिल्ला कमिटी दोलखाका अध्यक्ष क. नरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा प्रमुख अतिथि केन्द्रीय पोलिटब्युरो सदस्य एवं दोलखा जिल्ला इन्चार्ज क. पार्वत गुरूङले सम्बोधन गर्नु भएको थियो । केन्द्रीय सल्लाहकार क. डबल पाण्डे र बागमती प्रदेश कमिटी सदस्यहरूको आतिथ्यता रहेको बैठकमा सहभागीहरूले आ-आफ्नो धारणा राख्नु भएको थियो । बैठकले पार्टी निर्माणका सवाल तथा विविध समसामयिक विषयमा निर्णय तथा प्रस्तावहरू पारित गरेको छ । बैठकबाट पारित सार्वजनिक महत्त्वका प्रस्तावहरू तपसिल बमोजिमका छन् । १. सम्माननीय प्रधानमन्त्री,…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search