Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

Breaking News 1

रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

२६ पौष, सर्लाही - जिल्ला अदालतले बाल यौन शोषणको मुद्दामा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । उनीविरुद्ध सर्लाही जिल्ला अदालतमा ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’को आरोपमा मुद्दा परेको थियो । जिल्ला प्रहरी कार्यालयले बिहीबार सर्लाही जिल्ला अदालतमा हाजिर गराएकोमा अदालतले बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।  न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । अदालतको आदेशपछि बम्जनलाई जिल्ला कारागार महोत्तरी लगिएको छ । सर्लाहीको पत्थरकोटस्थित बम्जनको आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोप लगाउँदै तपस्वी बताउने बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा परेको थियो ।
Read More
आफूलाई ‘लिटल बुद्ध’ बताउने रामबहादुर बम्जनको घरबाट करोडौ रुपैयाँ बरामद

आफूलाई ‘लिटल बुद्ध’ बताउने रामबहादुर बम्जनको घरबाट करोडौ रुपैयाँ बरामद

२५ पौष, काठमाण्डौं - आफूलाई ‘लिटल बुद्ध’ बताउने रामबहादुर बम्जनको घरबाट प्रहरीले करिब साढे ३ करोड रुपैयाँ बरामद गरेको छ । हत्या र यौनहिंसाका आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले बम्जनलाई पक्राउ गरेको थियो । बम्जनको घरमा खानतलासी गर्दा ३ करोड ३ लाख नेपाली रुपैयाँ र ३० लाख ९२ हजार रुपैयाँबराबरको १६ देशका विदेशी मुद्रा बरामद गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए । सीआईबीले बुधबार बिहान पत्रकार सम्मेलन गरी बम्जनको घरबाट बरामद पैसा, मोबाइल, ल्यापटप र महत्त्वपूर्ण कागजातसमेत सार्वजनिक गरेको थियो । बम्जनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोपमा प्रहरीले खोजिरहेको थियो । बम्जनविरुद्ध पाँच परिवारको उजुरी छ । आश्रममा…
Read More
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए पदबाट राजीनामा

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए पदबाट राजीनामा

२४ पौष, काठमाण्डौं  - नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिएका छन् । प्राधिकरणमा विभिन्न विषयमा विवादहरू उत्पन्न भइरहेका बेला  मंगलबार बिहान सम्बन्धित निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा खनालले राजीनामा बुझाएका हुन् । अध्यक्ष खनाल तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारको पालामा २०७६ साउनबाट प्राधिकरणको जिम्मेवारीमा आएका थिए ।
Read More
सर्लाहीको बरहथवा घटना विषयमा ११ बुँदे सहमति

सर्लाहीको बरहथवा घटना विषयमा ११ बुँदे सहमति

२२ पौष, सर्लाही -सर्लाहीको बरहथवा घटना विषयमा आन्दोलनमा पीडित परिवार, आन्दोलनकारी र प्रशासनबीच ११ बुँदे सहमति भएको छ । अस्पताल स्तरोन्नति गर्नुपर्ने विषयमा भएको आन्दोलन फिर्ता लिन आइतबार ११ बुँदे सहमति भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए। उनका अनुसार बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्र मधेश सरकारलाई हस्तान्तरण गरी ५० शैय्याको बनाउने, त्यस अस्पतालको नाम प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको नामबाट नामकरण गर्ने, मृतक परिवारलाई रोजगारी दिने लगायतका विषयमा सहमति जुटेको हो। स्थानीय स्तरमा पूरा गर्न नसकिने मागलाई केन्द्रमा सिफारिस गर्ने गरी सहमति भएको प्रजिअ धमलाले बताए। अस्पतालको स्तरोन्नती गर्ने विषयमा भएको आन्दोलनको क्रममा प्रहरीको गोली लागेर बरहथवा नगरपालिका–६ मा व्यवसाय…
Read More
श्रम रोजगार मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि छानबिन गर्न निर्देशन

श्रम रोजगार मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि छानबिन गर्न निर्देशन

१६ पौष, काठमाण्डौं - राज्य व्यवस्था तथा सुशासन समितिले श्रम रोजगार मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि छानबिन गर्न निर्देशन दिएको छ। सोमबार सिंहदरबारमा बसेको बैठकले गत शुक्रबार बालकुमारीमा भएको घटनाको सम्बन्धमा छानबिन गर्न निर्देशन दिएको हो। गत शुक्रबार बालकुमारीस्‍थित इपिएस कोरिया शाखामा भाषा परीक्षाका लागि पुगेका विद्यार्थी र प्रहरीबीच झडप भई दुई जनाको मृत्यु समेत भएको थियो। त्यसक्रममा  प्रदर्शनकारीले मन्त्री ज्वालालाई फेला पारेपछि उनको गाडीमा आगजनी समेत गरिएको थियो। सोमबारको बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर लगायतले मन्त्री ज्वाला प्रदर्शन भइरहेको ठाउँमा नपुगेको भए घटना नहुने भन्दै आरोप समेत लगाएका थिए।
Read More
स्वर्णिम वाग्ले रास्वपाको उपसभापति, सुमना श्रेष्ठ सहित ३ जना सहमहामन्त्री

स्वर्णिम वाग्ले रास्वपाको उपसभापति, सुमना श्रेष्ठ सहित ३ जना सहमहामन्त्री

काठमाडौं, १३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ । यस्तै सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन् । महोत्तरीमा जारी बैठकले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठलाई निरन्तरता दिएको छ । पार्टी कोषाध्यक्ष लिमा अधिकारी सह–कोषाध्यक्ष वसुमाया तामाङ र दीपक बोहरालाई तोकेको छ । यस्तै पार्टीका सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल, रमेश प्रसाई रहेका छन् । यसअघि उपसभापति रहेका डिपी अर्याल सोही पदमा कायमै छन् । उनी र वाग्ले सहित पार्टीमा अब दुई उपसभापति रहनेछन् । महामन्त्रीमा मुकुल ढकाल यथावत् छन् । प्रतिनिधिसभा प्रमुख सचेतकमा सन्तोष परियार निरन्तर नै रहनेछन् ।
Read More
रास्वपाको केन्द्रीय समिति ५२ सदस्यीय, १४ जना मनोनीत

रास्वपाको केन्द्रीय समिति ५२ सदस्यीय, १४ जना मनोनीत

महोत्तरी, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो  केन्द्रीय समितिलाई ५२ सदस्यीय बनाएको छ । जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय समितिलाई ५२ सदस्यीय बनाएको हो । बैठकले १४ जना सांसदहरूलाई केन्द्रीय कार्यसमितिमा मनोनीत गरेसँगै ५२ सदस्यीय बनेको हो।   केन्द्रीय सदस्यमा मनोनीत हुनेहरूमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, सांसद मनिष झा, डा तोसिमा कार्की, शिशिर खनाल, हरि ढकाल, डा स्वर्णिम वाग्ले, डा चन्दा कार्की (भण्डारी), असीम शाह, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, शिव नेपाली र विनीता कठायत रहेका छन् ।
Read More
११ माघमा राष्ट्रिय सभाको निर्वाचन

११ माघमा राष्ट्रिय सभाको निर्वाचन

१३ मंसिर,काठमाडौं । राष्ट्रिय सभाको रिक्त हुने सदस्य चयनका लागि आगामी ११ माघमा निर्वाचन हुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा रिक्त हुने सदस्य पदका लागि आगामी ११ माघमा निर्वाचन गर्ने निर्णय गरेको सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार निर्वाचन आयोगले दिएको परामर्शका आधारमा राष्ट्रिय सभाको निर्वाचनको मिति तोकेको हो । आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि सकिँदै छ ।
Read More
देशभरिका कारागारमा योग शिविर चलाइने

देशभरिका कारागारमा योग शिविर चलाइने

१२ मङ्सिर, काठमाडौं ।  मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियानअन्तर्गत देशभरीका कारागारमा योगशिविर संचालन हुने भएको छ। उपप्रधानमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य रुप ज्योति, सहायक आचार्य पवन मित्तल, पूर्व प्रहरी महानिरीक्षक एवम् विपश्यना साधक कुबेरसिंह राना सहित सोमबार गृह मन्त्रालयमा बसेको बैठकले नक्खु कारागारबाट शिविर संचालन गर्ने निर्णय गरेको हो। एकमहिना भित्रै नक्खु कारागारमा हुने दश दिवसीय शिविरपछि अरु कारागारमा पनि त्यही स्वरुपको शिविर आयोजना गरिने छ। केन्द्रीय कारागारसहित देशमा ७४ वटा कारागार छन्। नेपाल विपश्यना केन्द्रका धर्मसेवक सुशील…
Read More
रास्वपाको बैठकमा मंगलबार सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने

रास्वपाको बैठकमा मंगलबार सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने

११ मङ्सिर, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा आजबाट सुरु भएको छ। बैठक आज दिउँसो १२:३० बजेबाट सुरु भएको हो। आजको बैठकमा केन्द्रीय सदस्यहरू, सांसदहरू, संगठन, कानुन तथा न्याय, प्रशिक्षण विभागका पदाधिकारी सहभागी छन् । बैठकमा रास्वपा मधेश प्रदेश सभापति र महामन्त्रीलगायतको पनि सहभागीता रहेको थियो। बैठकमा महामन्त्री मुकुल ढकालले समसामयिक राजनीतिक तथा पार्टी गतिविधिको जानकारी गराएका थिए। महामन्त्रीपछि प्रदेशका सभापतिहरूले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए। सोमबार पार्टी सभापतिबाहेक २० सांसदलाई ७ मिनेटका दरले बोल्न समय दिइएको छ। त्यस्तै पार्टी उपसभापति डोलप्रसाद अर्यालले आर्थिक तथा लेखा प्रतिवेदन पेश गर्नेछन्। आर्थिक व्यवस्थापन विभाग…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search