१७ पौष, काठमाण्डौं - राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्वस्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई पदबाट हटाउनुपर्ने बताएकी छन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले अस्पतालहरूमा आवश्यक दरबन्दी थप्न नचाहने, तर हुँदै नभएका अस्पतालमा पनि उपकरण खरिदको नाममा सेटिङमा कमिसन खान खोज्ने मन्त्री बस्नेतलाई स्पष्टीकरण लिएर पदबाट हटाउनका लागि प्रधानमन्त्रीलाई सुझाव दिन माग गरिन् । सांसद कार्कीले २०७४ सालमा सञ्चारमन्त्री हुँदा टेरामेक्स प्रविधि भित्र्याउने नाममा ३ अर्बसम्म भ्रष्टाचार गरेको अभियोगमा मुछिएका मन्त्री बस्नेतलाई किन स्वास्थ्यमन्त्री बनाएको ? भनी पटकपटक प्रश्नसमेत गरेकी छन् । कानूनविपरीत कर्मचारी हटाएर मन्त्री बस्नेतले वीर अस्पतालगायतका…
१७ पौष, काठमाण्डौं - पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने प्रकरणमा कुनै किर्ते गतिविधि भएको आफूलाई थाहा नभएको जनाएका छन् । नेता नेपाललाई विपक्षी बनाई दायर रिट निवेदनमा सर्वोच्च अदालतमा लिखित जवाफ पठाउँदै उनले मन्त्रिपरिषदबाट ललिता निवासको जग्गाबारे कुनै निर्णय गर्दासम्म कीर्ते कागजात तयार गरेकोबारे आफूलाई जानकारी नभएको उल्लेख गरेका हुन् । जेठ २०६६ देखि फागुन २०६७ सम्म करिव २१ महिना प्रधानमन्त्री रहेका नेपालले आफू प्रधानमन्त्रीमा निर्वाचित हुनुभन्दा पहिले नै प्रधानमन्त्री निवास विस्तार सम्बन्धी गुरुयोजना तयार रहेको भन्दै त्यसमा आफ्नो कुनै भूमिका नभएको जिकिर गरेका छन् । २०६७ सालमा सरकारले मन्त्रिपरिषदबाट निर्णय गराई बालुवाटारस्थित प्रधानमन्त्री…
१६ पौष, काठमाण्डौं - राज्य व्यवस्था तथा सुशासन समितिले श्रम रोजगार मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि छानबिन गर्न निर्देशन दिएको छ। सोमबार सिंहदरबारमा बसेको बैठकले गत शुक्रबार बालकुमारीमा भएको घटनाको सम्बन्धमा छानबिन गर्न निर्देशन दिएको हो। गत शुक्रबार बालकुमारीस्थित इपिएस कोरिया शाखामा भाषा परीक्षाका लागि पुगेका विद्यार्थी र प्रहरीबीच झडप भई दुई जनाको मृत्यु समेत भएको थियो। त्यसक्रममा प्रदर्शनकारीले मन्त्री ज्वालालाई फेला पारेपछि उनको गाडीमा आगजनी समेत गरिएको थियो। सोमबारको बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर लगायतले मन्त्री ज्वाला प्रदर्शन भइरहेको ठाउँमा नपुगेको भए घटना नहुने भन्दै आरोप समेत लगाएका थिए।
१६ पौष, काठमाण्डौं - राज्य व्यवस्था तथा सुशासन समितिले श्रम रोजगार मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि छानबिन गर्न निर्देशन दिएको छ। सोमबार सिंहदरबारमा बसेको बैठकले गत शुक्रबार बालकुमारीमा भएको घटनाको सम्बन्धमा छानबिन गर्न निर्देशन दिएको हो। गत शुक्रबार बालकुमारीस्थित इपिएस कोरिया शाखामा भाषा परीक्षाका लागि पुगेका विद्यार्थी र प्रहरीबीच झडप भई दुई जनाको मृत्यु समेत भएको थियो। त्यसक्रममा प्रदर्शनकारीले मन्त्री ज्वालालाई फेला पारेपछि उनको गाडीमा आगजनी समेत गरिएको थियो। सोमबारको बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर लगायतले मन्त्री ज्वाला प्रदर्शन भइरहेको ठाउँमा नपुगेको भए घटना नहुने भन्दै आरोप समेत लगाएका थिए।
१६ पौष, काठमाण्डौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र फर्किन नदिने र गणतन्त्रलाई थप मजबुद बनाएर अघि बढ्ने विषयमा गणतन्त्रवादीहरू एकताबद्ध रहेको बताएका छन् । मेलमिलाप दिवसको सन्दर्भमा सोमबार काठमाण्डौंमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले नेपालमा जन्मिँदै शासक हुने सिद्धान्त र सामन्दवादको कुनै अवशेष बाँकी नरहेको पनि बताएका छन् । ‘अहिले एकथरी मान्छे छन्, राजतन्त्र आयो भने राष्ट्रियता बलियो हुन्छ भनेर कराउँछन् । तर यहाँ कुरा बुझ्न आवश्यक छ । के राजा हुँदा मात्रै देश बच्ने हो र ? जनताले हो कि राजाले हो देश बचाउने ?,’ अध्यक्ष ओलीले अघि भने, ‘यो तथ्यले पुष्टि गर्नुपर्यो। तथ्य यही हो कि देश बचाउने राजाले…
१६ पौष, काठमाण्डौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले संसारमा मानव जातिले लोकतान्त्रिक गणतन्त्रभन्दा अर्को राम्रो व्यवस्थाको विकास नै नगरेको दाबी गरेका छन् । राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा सोमबार काठमाडौंमा नेपाली कांग्रेसले गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले गणतन्त्रका पक्षधर दलहरूले जनतालाई गणतन्त्रको महत्व अनुभूति गराउन नसकेको विषयमा आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताए । ‘संसारमा मानव जातिले विकास गरेको सबैभन्दा उच्चतम राजनीतिक व्यवस्था भनेकै लोकतान्त्रिक गणतन्त्र हो । गणतन्त्रभन्दा राम्रो व्यवस्था अहिलेसम्म मानव जातिले विकास गरेकै छैन,’ प्रधानमन्त्री दाहालले अघि भने, ‘त्यसकारण लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउनु निरर्थक छ । यो कुरालाई हामीले बुझ्न र बुझाउन सकिरहेका छैनौँ कि भन्ने लागिरहेको छ ।’ उनले…
१६ पौष, काठमाण्डौं - सरकार र बालकुमारी घटनाको मृतक परिवारबीच ४ बुँदे सहमति भएको छ । सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा दुई पक्षबीच भएको सहमतिमा मृतकका परिवारका १/१ जनालाई उपयुक्त रोजगारी यथाशीघ्र उपलब्ध गराउने उल्लेख छ । त्यस्तै मृतक वीरेन्द्र शाह र सुजन राउतलाई सहिद घोषणाका लागि आवश्यक कारबाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशीघ्र अनुरोध गर्ने उल्लेख छ । सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने र मृतकका परिवारले सोमबारै शव बुझिलिने र मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुऱ्याउने प्रबन्ध गृह मन्त्रालयले मिलाउने सहमतिमा उल्लेख छ । सरकारको तर्फबाट गृहमन्त्रालयमा उपसचिव…
१५ पौष, काठमाण्डौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसलाई ‘मिसन ०८४’ भन्ने छुट नभएको बताएका छन् । कांग्रेसले तत्काल देखिने गरी काम गर्नुपर्ने र त्यसका आधारमा जनतासामु जानुपर्नेमा उनले जोड दिए । शनिबार केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै महामन्त्री थापाले भने, 'अरुले मिसन-८४ चलाउँछन् त्यो उनीहरुको कुरा भयो । तर कांग्रेसले अहिले मिसन-८४ होइन, मिसन रोजगारी, मिसन शिक्षा र मिसन स्वास्थ्य चलाउनुपर्छ । कांग्रेस जनताको जीवनप्रति जिम्मेवार हुनुपर्छ ।' वर्तमान सरकारमा कांग्रेस सहभागी भएको आठ महिना भएको उल्लेख गर्दै उनले कांग्रेसका मन्त्रीले गरेका सकारात्मक कामको सूची पनि मागेका छन् । “सरकारमा कांग्रेस सहभागी भएको आठ महिना भयो । कांग्रेसका प्रत्येक…
१४ पौष, काठमाण्डौं - मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले ललितपुरको बालकुमारीमा दुई युवाको मृत्यु भएको घटनाको भर्त्सना गरेको छ । प्रवक्ता कञ्चनले शनिबार विज्ञप्ति जारी गर्दै प्रहरी दमनबाट दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र शाहको निधन भएकोमा भर्त्सना गरेका हुन् । ‘वैदेशिक रोजगारीको शिलशिलामा कोरिया जान माग गर्दै आन्दोलन गरिरहेका युवाहरु पुस १३ गते प्रहरीको कुटपिट तथा गोली प्रहारबाट दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साहको निधन भएको छ । हामी प्रहरी दमनको घोर भत्र्सना गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ । देशको वर्तमान राजनीतिक तथा आर्थिक प्रणाली नबलिँलदासम्म देश र जनताको यो अवस्था झन् जटिल बन्दै जाने भन्दै सो…
१४ पौष, काठमाण्डौं - ललितपुरको बालकुमारीमा शुक्रबार मारिएका वीरेन्द्र शाह र सुजन राउतका आफन्तले शनिबार न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन् । अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगी मृतकका आफन्तले प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रहरी नेतृत्वमा बनेको छानबिन समिति नमान्ने भन्दै न्यायिक समिति गठनको माग गरेका हुन् । 'प्रहरीको नेतृत्वमा बनेको समितिको हामीलाई विश्वास छैन । न्यायिक छानिबन समिति बनाउनुपर्यो र दोषीमाथि कडाभन्दा कारबाही हुनुपर्यो,' मृतकका आफन्तको भनाइ उद्धृत गर्दै प्रधानमन्त्री दाहालको सचिवालयले भन्यो, 'उनीहरूलाई सहिद घोषणा गर्नुपर्यो ।' यस्तै, रोजगारीमा विदेश जाने विषयको आन्दोलनमा शाह र राउतको ज्यान गएको भन्दै उनीहरूका परिवारलाई रोजगारीको व्यवस्था गर्न समेत आफन्तको माग छ । इपीएस परीक्षाका विषयमा…