काठमाडौँ, २७ असोज । बागलुङको गलकोट नगरपालिका-४ नुवाकोटको गोठमा आगलागी हुँदा राम बहादुर मल्ल ज्यान गएको छ। गए राति भएको आगलागीमा मल्लको गोठ जलेर पूर्ण रूपमा नष्ट भएको छ। आगलागी भएको ठाउँमा पछि हेर्दा गोठ धनी मल्लको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। आगलागी हुँदा गोठ क्षति हुनुका साथै झन्डै चार लाख रुपैयाँ बराबरको क्षति भएको छ।
विराटनगर, २७ असोज । कोसीमा नेपाली काँग्रेसका विद्रोही उम्मेदवार केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भए पछि काँग्रेस भित्रको राजनीतिक परिवर्तन जारी छ । नेकपा एमालेको समर्थनमा शेखर कोइराला पक्षधरका कार्की मुख्यमन्त्रीमा नियुक्त भए लगत्तै कोसी काँग्रेसका संसदीय दलका नेताले राजीनामा दिएका छन् । नेपाली काँग्रेस कोसी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले दलको नेताबाट राजीनामा दिएका हुन । उनी यसअघि दुई दुई पटक मुख्यमन्त्रीमा नियुक्त भए पनि सर्वोच्च अदालतले उनलाई दुवै पटक बर्खास्त गरेको थियो । सत्ता गठबन्धनको निर्णय विपरीत आफ्नै पार्टी कार्की मुख्यमन्त्री नियुक्त भए पछि नैतिकताको कारण देखाउँदै उनले आफ्नो पदबाट राजीनामा दिएको जनाइएको छ । प्रदेश सरकार निर्माणको…
काठमाडौँ, २७ असोज । प्यालेस्टाइनी समूह हमासले इजरायलको दक्षिणी क्षेत्रमा थप रकेट प्रहार गरेको छ । इजरायलले उत्तरी गाजापट्टीको भूमि खाली गराउन २४ घन्टे चेतावनी जारी राखेको बेला हमासले इजरायलमा थप रकेट प्रहार गरेको हो । ‘हामीले साइरन सुन्यौं र फलामको ड्रोनले तिनीहरूलाई रोकिरहेको देख्यौँ, त्यसपछि १० मिनेट पछि थप रकेटहरू आएको थियो र त्यसलाई इजरायली भूमिमा आउनबाट रोक्नका लागि थप अवरोधहरू खडा गरिएको थियो, यद्धपी यसअघि पनि एउटा आवासीय घरमा रकेट प्रहार भएको छ,’ एक प्रत्यक्षदर्शीले भनेका छन् । त्यहाँ रकेटहरूका कारण निरन्तर ब्यारेज बन्द भएको छ र पछिल्लो घण्टामा तेल अवीवमा अलर्ट जारी राखिएको छ । इजरायली सरकारले…
काठमाडौँ, २७ असोज । कोसी प्रदेशको मुख्यमन्त्रीको आज टुङ्गो लाग्दै छ । सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङबो र नेकपा एमालेको समर्थनमा नेपाली काँग्रेसको विद्रोही पक्षधर केदार कार्की मध्ये कसलाई मुख्य मन्त्री नियुक्त गर्ने हो ? त्यसको आज छिनोफानो हुदैँछ । हिजो साँझ ५ बजेसम्म दुई जनाको दावे दारी प्रस्तुत भए पछि प्रदेश प्रमुख परशुराम खापुङले आज दुवै पक्षका सांसदहरूको सनाखत गराउन लागेका छन् । बिहान ८ बजे देखी दिउँसो २ बजे भित्र सनाखत गराई सके पछि आज मुख्यमन्त्री नियुक्ति गर्ने उनको सचिवालयले जनाएको छ । माओवादी नेता आङ्बोले गठबन्धनमा रहेका दलहरू मध्ये नेपाली काँग्रेसका २९, माओवादीका १३, नेकपा एसका…
काठमाडौँ, २७ असोज । साहित्यकार जितेन्द्र रसिकद्वारा लिखित वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जीवनी ‘सत्यको खोज’ सार्वजनिक भएको छ । शुक्रवार जनकवि दुर्गालाल श्रेष्ठले कृति लोकार्पण गरेका छन् । शुक्रवार एजुकेस्नल पब्लिसिङ हाउस कान्तिपथमा आयोजित कार्यक्रममा लेखक रसिकले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको बारे जति लेखे पनि कहिल्यै नसकिने बताए । जोशी नेपाली लोक साहित्य र संस्कृतिमा यो युगकै एउटा ननिभ्ने ज्योति भएकोसमेत बताए । रसिकको यो १५ ओं कृति हो । सत्यको खोज कृतिको समीक्षा गर्दै समीक्षक गोपीकृष्ण ढुङ्गानाले सत्यको खोज वाङ्मय शताब्दीपुरूष सत्यमोहन जोशीको गहिराइमा पसेर लेखिएको महत्त्वपूर्ण दस्ताबेज भएको बताए । उनले सत्यको खोजको हरेक च्याप्टर एक…
गाजापटटी, २७ असोज । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यु एच ओ) ले गाजाका अस्पतालहरूबाट गम्भीर घाइतेहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न असम्भव बताएको छ । अलजजिराका अनुसार डब्ल्यूएचओले उत्तरी गाजाका अस्पतालहरूबाट सयौँ गम्भीर घाइते बिरामीहरूलाई ज्यान जोखिममा नराखी बाहिर निकाल्न असम्भव रहेको बताएको हो । इजरायलले गाँजा भूमि छाडन भन्दै २४ घन्टे अल्टिमेटम दिए पछि WHO ले त्यहाँको स्वास्थ्य स्थितिका बारेमा जानकारी दिएको हो । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले डब्ल्यूएचओलाई सूचित गर्यो कि गाजाको उत्तरमा रहेका दुई अस्पतालहरूले इजरायली सेनाहरूले भने अनुसार छाडने हो भने गम्भीर घाइते भएका वा जीवन समर्थनमा रहेका बिरामीहरूलाई सार्न प्रयास गरेमा उनीहरूको जीवन ‘तत्काल जोखिममा’ जानेछ ।…
काठमाडौँ, २६ असोज । काठमाडौँको तीनकुनेमा गत २९ भदौमा भएको चार जनाको सामूहिक हत्याका अभियुक्त सञ्जय भण्डारी पुर्पक्षका लागि कारागार चलान गरिएको छ। जिल्ला अदालत काठमाडौँले आज भएको थुनछेक बहसपछि भण्डारीलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ९ घर भएका २३ वर्षीय भण्डारीलाई प्रहरीले घटनाको दुई दिनपछि ३२ भदौमा पक्राउ गरेको थियो। काठ मिलमा गेट पालेको काम गर्ने ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अन्दाजी ५२ वर्षकी अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीय सुभद्रा भुजेल र सोही स्थानमा काम गर्ने मोरङ बेलबारी स्थायी ठेगाना भएका २० वर्षीय नवीन राईको हत्या भएको थियो। प्रहरीसँगको बयानमा उनले मोटरसाइकलले…
गाजापट्टी २६ असोज । प्यालेस्टाइनी हमासले इजरायली हवाई आक्रमणमा १३ जना बन्धक मारिएको दाबी गरेको छ । हमासको सैन्य शाखाका अनुसार गाजापट्टीमा इजरायली हवाई आक्रमणमा पछिल्लो २४ घण्टामा कम्तीमा १३ इजरायली र विदेशी बन्धक मारिएका छन् । ‘इजरायललाई आफ्नो नागरिक प्रति कुनै संवेदनशील छैन, उसले हवाई हमलामार्फत आफ्नै नागरिक र विदेशीहरूको हत्या गरेको छ,’ हमासका सैन्य कमान्डरले भनेका छन् । हमासको विज्ञप्ति अनुसार गाजाका पाँच स्थानमा यी व्यक्तिहरूको मृत्यु भएको हो । गत अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा १५० जनालाई अपहरण पनि गरेर प्यालेस्टाइनी भूमितर्फ लगेको थियो । साथै, हमासले इजरायलमा फेरी रकेट प्रहार गरेको छ । टाइम्स अफ इजरायलका…
ईश्वरचन्द्र ज्ञवाली यतिखेर दसैँ–पर्व नजिकिदैं गएको छ । पर्व मनाउने परम्परा मान्छेले विकास गरेको हो । यस्ता पर्व, उत्सव, मेलाहरूका पछाडि विभिन्न वर्गीय अवधारणा, सामाजिक सँस्कार र भौतिक परिस्थितिहरूको भूमिका रहेको छ । श्रम कार्यपछि मानवीय मनोरञ्जनको प्रवृत्ति, धार्मिक–आस्था, खुसी, मिलन भेटघाटका समारोह, आर्थिक प्रभाव, भोगी–विलासी मनोवृत्ति, सामाजिक परम्परा र चालचलन, ऋतूत्सव र प्राकृतिक सौन्दर्यको अवगाहन गर्ने मानव स्वभाव जस्ता मानवीय प्रवृत्तिबाट बनेका धारणाले पर्व–उत्सवहरू विकसित भएका हुन् । यसका पछाडि आध्यात्मिक र भौतिक दुवै परिवेशले काम गरेका छन् । एकातिर चाड, पर्व, मेला, उत्सवहरू कहीँ न कहीँ धार्मिक–आध्यात्मिक आस्थासँग जोडिएका छन् भने अर्कातिर भौतिक परिवेश र आवश्यकतासँग पनि जोडिएका…