हामीले आयुर्वेदको चमत्कार शताब्दीयौं देखि देख्दै, सुन्दै र अध्ययन गर्दै आएका छौँ। यसले शरीरलाई रोगबाट टाढा राख्न मद्दत गर्छ । यदि तपाई आफूलाई स्वस्थ र तनावमुक्त राख्न चाहनुहुन्छ भने आयुर्वेदिक जडीबुटी लिन सक्नुहुन्छ । आज हामी तपाईँलाई यस्ता ५ शक्तिशाली आयुर्वेदिक जडीबुटीको बारेमा बताउन गइरहेका छौँ, जसलाई आफ्नो आहारमा समावेश गरेर तपाईँले धेरै रोगहरूलाई आफूबाट टाढा राख्न सक्नुहुन्छ । नीम नीम धेरै प्रकारका रोगहरूमा प्रयोग गरिन्छ। नीम आयुर्वेदको करिब ७५% को भाग हो। यसमा एन्टिसेप्टिक, एन्टी-माइक्रोबियल र एन्टिफंगल गुणहरू छन्, जसले शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्छ र पिम्पल, एक्जिमा र छालासम्बन्धी रोगहरूबाट छुटकारा पाउँछ। नीम मौखिक स्वास्थ्य, कपालको हेरचाहको लागि…
न्युयोर्क, । सौर्य मण्डलमा रहेको शुक्र ग्रहलाई पृथ्वीको जुम्ल्याहा बहिनी भनिन्छ । यसको कारण यो हो कि यो ग्रह पृथ्वीको आकार हो र यो ग्रह सौर्य मण्डलको बसोबास योग्य क्षेत्रमा अवस्थित छ। अब शुक्र ग्रहको बारेमा एउटा यस्तो दाबी गरिएको छ, जसले तपाईँलाई चकित पार्नेछ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका एक वैज्ञानिकले शुक्र ग्रहमा एलियन्स हुन सक्ने दाबी गरेका छन् । यसको कारण पनि उनले दिएका छन् । शुक्रको तापक्रम ४७५ डिग्री सेल्सियससम्म पुग्छ। ग्रहको वायुमण्डल बिलकुल विषाक्त छ। जसका कारण यहाँ जीवन हुन्छ भनेर कसैले कल्पना पनि गर्न सक्दैन। तर, नासाका वैज्ञानिक डा. मिशेल थालरले त्यसको ठिक उल्टो सोच्दछन् ।…
् काठमाडौँ, २६ असोज । कोसी सरकारका बारेमा राष्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ बस्ने भएको छ । शुक्रवार बिहान बसेको आकस्मिक केन्द्रीय पदाधिकारी बैठकले तटस्थ बस्ने निर्णय गरेको हो । पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा कोसी सरकारको भावी नेतृत्वका लागि दावेदारी प्रस्तुत गरेका दुई उम्मेदवार पक्षमा उभिने वा तटस्थ बस्नेतलगायतका विषयमा निर्णय लिन उक्त बैठक बसेको थियो । सो बैठक पछि कोसी सरकार निर्माणका बारेमा सो बैठकले आधिकारिक धारणा सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले हालका लागि तटस्थ बस्ने निर्णय भएको बताए । ‘आवश्यक परेको खण्डमा अर्को निर्णयमा जान सकिनेछ तर अहिले चाहिँ भने कोसी सरकारका बारेमा तटस्थ बस्ने निर्णय…
न्युयोर्क, २६ असोज । संयुक्त राष्ट्र सङ्घको मानवीय मामिला समन्वय कार्यालयले आपत्कालीन अपिल जारी गरेको छ। संयुक्त राष्ट्र सङ्घको यस कार्यालयले प्यालेस्टाइनीहरूलाई सहयोग गर्न विश्वभरका देशहरूबाट २४ सय करोड अमेरिकन डलर सहयोग माग गरेको हो । उसका अनुसार यो रकम १२ लाख मानिसलाई सहयोग गर्न प्रयोग गरिने छ । राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले इजरायल र हमासबीच जारी युद्धका कारण भएको बताएका छन् । दुजारिकले गाजामा संयुक्त राष्ट्रसङ्घ अन्तर्गत सञ्चालित ९२ विद्यालयमा करिब २.१८ लाख मानिसले आश्रय लिएको बताएका छन् । उता, संयुक्त राष्ट्र सङ्घले इजरायललाई गाजाको उत्तरी क्षेत्र खाली गर्ने आफ्नो आदेश रद्द गर्न अनुरोध गरेको छ। सो…
गाजा, २६ असोज । प्यालेस्टाइनी हमास र इजरायल बिचको जारी युद्धका कारण लाखौँ मानिस घरबारविहीन भएका छन् । गत शनिवार बिहानै अप्रत्याशित र आश्चर्यजनक रूपमा हमासले इजरायलमाथि आक्रमण गरे पछि उत्पन्न विषम परिस्थितिका कारण लाखौँ मानिस घरबार विहीन भएका छन् । इजरायलले गाजा सहरका विभिन्न भागमा आक्रमण जारी राखेको छ । इजरायलका अनुसार तत्काल सो आक्रमण रोकिने वाला छैन । यसैबिच, हमासकाको सैन्य शाखाले गाजामा इजरायली जमिन आक्रमणसँग लड्न सक्षम रहेको बताएको छ । हमासको सैन्य शाखा कासिम ब्रिगेडका प्रवक्ता अबु ओबैदाले भनेका छन्, 'हामी हाम्रो भूमि रक्षाका पक्षहरूमा छौँ, हामी पुनः इजरायल माथिको हमलालाई दोहोर्याउँछौं।' ‘शत्रुको कारबाहीले हामीलाई नयाँ…
सेडरोट, २६ असोज । योसी लान्डाउले इजरायलमा लासहरू सङ्कलन गर्न दसकौँ बिताएका छन् । तर गाजामा प्यालेस्टाइनी समूहले देशमा सबैभन्दा घातक आक्रमणमा मारिएका मानिसहरूको शव सङ्कलन गर्दा उनी आफ्नो ‘ब्रेकिंग प्वाइन्ट’मा पुगेका छन्। पहिला झैँ लान्डौ शनिवार साइरनको आवाजसँगै ब्युँझिए, यस्तो पलको उनलाई बानी नै परिसकेको छ । उनले पछि थाहा पाए कि यो साइरन पहिला झैँ थिएन, यो निकै फरक र डरलाग्दो थियो, जुन उनले आफ्नो जीवनकालमा कहिल्यै देखेका थिएनन्, । उनी भन्छन्, ‘केवल प्रतिक्रिया मात्र थिएनन्, यो त सहरको मुख्य भागमा हमासले गरेको आक्रमण’ थियो । जसले गाजा सीमा पार गरेर अनुमानित १२ सय व्यक्तिको हत्या गरेका थिए…
काठमाडौैं, २६ असोज । कोसी प्रदेशमा नेपाली काँग्रेस भित्र किचलो थप बढेको छ । कोसी सरकार निमार्णको सवालमा नेपाली काँग्रेसको एउटा समूहले विद्रोह गरे पछि आन्तरिक किचलो थप बढेको हो । जसका कारण एक अर्कालाई कारबाही गर्नेसम्मका कुरा सुरु भएका छन् । कोसी सरकारको भावी नेतृत्वका लागि शेखर कोइराला पक्षधरले नेकपा एमालेको समर्थनमा केदार कार्कीले मुख्यमन्त्रीमा दाबी गरे पछि काँग्रेसमा किचलो देखिएको हो । कार्की समूहले गरेको विद्रोहका बारेमा निर्णय लिनका लागि काँग्रेस संसदीय दलको बैठक आज बोलाइएको छ । बिहान ११ बजे देखी सुरु हुने उक्त बैठकले कार्की समूहलाई कारबाही गर्ने कि नगर्ने भन्नेमा निर्णय लिने जनाइएको छ ।…
तेलहविव, २६ असोज । हमासले दक्षिणी इजरायलको ‘ट्रिब अफ नोभा’ म्युजिक फेस्टिभलमा आक्रमण गरेको थियो । यस हमलामा २६० जनाको मृत्यु भएको दाबी गरिएको छ । आक्रमणमा बाँचेकाहरूले त्यो डरलाग्दो दृश्यलाई आफ्नै शब्दमा वर्णन गरेका छन् । अमित बार र उनका साथी नीर पनि यस हमलामा बाँचेका छन्। सामाजिक सञ्जालमा दुवैको एउटा तस्बिर भाइरल भइरहेको छ, जसमा दुवैलाई चुम्बन गरिरहेको देख्न सकिन्छ । यस दम्पतीले आक्रमण पछिको अवस्था वर्णन गरेका छन्। अमित र नीर दुवै जना बाँच्नका लागि भागेको बताउँछन् । तर यस्तो हुन्छ भन्ने सोचेका थिएनन्, त्यसैले उनीहरूले एक अर्कालाई चुम्बन गरे र अहिले बाँचेर आफ्नो तस्बिर पोस्ट गरेका…
विराटनगर, २६ असोज । कोसी प्रदेशका मुख्यमन्त्री आज टुङ्गो लाग्दै छ । कोसी प्रदेशका भावी मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो तथा नेकपा एमालेको समर्थनमा नेपाली काँग्रेसका विद्रोही समूहका केदार कार्की दुवैले गरेको दाबीमा आज टुङ्गो लाग्ने भएको हो । प्रदेश प्रमुख परशुराम खापुङले आज साँझ ५ बजेसम्म भावी मुख्यमन्त्रीको टुङ्गो लगाउने छन् । माओवादी नेता आङ्बोले गठबन्धनमा रहेका दलहरू मध्ये नेपाली काँग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् भने काँग्रेसका विद्रोही उम्मेदवार कार्कीले आफूसहित काँग्रेसका ९ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका छन्…